अपराध नियन्त्रण र शान्ति सुरक्षामा धनुषा प्रहरीलाई सफलता

डिसी नेपाल
२९ माघ २०७८ २१:४८

काठमाडौं । चार महिनायता धनुषा प्रहरीले अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा उल्लेख्य सफलता हात पारेको जनाएको छ । कात्तिकदेखि यता धनुषा जिल्लामा अप्रिय किसिमका अपराध नभएको र अपराध भएपनि त्यसको अनुसन्धन कुशलतापूर्वक सुल्झाएको धनुषा प्रहरीले जनाएको हो ।

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वसन्त रजौरेले अपराध नियन्त्रणमा सफलता हासिल गरेको र चार महिनाको अवधिमा चोरी पैठारीका सामान बरामदबाट मात्र करिव २ करोड २२ लाख राजश्व संकलन भएको बताए । उनका अनुसार अघिल्लो चार महिनामा करिव ८० लाख मात्र भन्सार राजश्व संकलन भएको थियो ।

एकै दिन २ जना हराएका बच्चा फेला
सिरहा बरियारपट्टी नगरपालिका वडा नं. २ घर भई हाल जिल्ला धनुषा जनकपुरधाम उप–महानगरपालिका वडा नं. १४ मनिपाल स्थित आफ्नै नन्दको घरमा विगत १ महिना देखी बस्दै आएकी दिपिका दासको पाँच वर्षीय छोरा दिक्षाणत दास खेल्न निस्केको बेला हराएको र उनलाई तुरुन्तै खोजतलास गरी दीपीकालाई सकुशल जिम्मा लगाएको थियो ।

माघ २८ गते नै जिल्ला सप्तरी तिलाठी कोलाठी गा.पा. वडा नं. ५ बस्ने बुधनु मुखिया आफ्नै छोरीको बिहेमा जिल्ला धनुषा जनकपुर स्थित जानकी मन्दिरमा आएको बेला निजकै छोरी वर्ष ६ कि सोनी कुमारी मुखियालाई चटपटे किन बाहिर पठाइएकोमा सम्पर्कमा नआए पछी छोरी हराएको र उनको पनि खोजतलास गरी सकुशल जिम्मा लगाइएको थियो ।

बच्चा अपहरणकारी पक्राउ
माघ २६ गते साँझ धनुषा जनकपुर उप–महानगरपालिका–६ महाराज सागर पोखरी छेउमा मोहमद अमिर राईनको छोरी एलिजा खातुनले खेलाई रहेको ७ महिनाको भाइ मोहमद अख्तर राईनलाई एक महिलाले लिइ भागेपछि प्रहरीले अपहरित बालकलाई भोलीपल्ट फेला पारी सकुशल अपहरण मुक्त गराएको थियो ।

एसपी रजौरेका अनुसार तत्कालै प्रहरीको अनुसन्धान टोली खटि गई अपहरणमा परेका बालक मोहम्द अख्तर राई र थप एक जना बालिका नन्दनी मुखियालाई २७ रातीसकुशल उद्दार गरी अपहरणमा संलग्न धनुषा गणेशमान चारनाथ न.पा. १० डुमरीया बस्ने संजित मुखियाको श्रीमती अन्दाजी ३५ वर्ष कि मनिषा देवि मुखियालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ ।

सो अपहरणमा संलग्न भनिएको बिगुल मुखियाको श्रीमति किरण राम र जिल्ला महोत्तरी लोहारपट्टी नगरपालिका वडा नं. ४ घर भई हाल धनुषा जनकपुर उपमहानगर पालिका ७ स्थित भ्रमरपुरा चोक डेरा गरी बस्ने रामजी यादवको छोरा वर्ष २२ को कृष्ण कुमार यादव समेतलाई पक्राउ गरी आवश्यक थप अनुसन्धान गरिएको थियो ।

एसपी रजौरेले विवाह पञ्चमी, छठ, सरस्वती पुजा जस्ता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सन्तोष व्यक्त गरेका छन् । ‘यसअघि यस्ता पर्वमा साम्प्रादायीक दंगा हुने गरेका रहेछन् यसपल्ट यस्ता कुनै पनि प्रकारमा दंगाहरु हुन दिइएन अहिलेको अवस्थामा धुनषा निकै शान्त रहेको छ’, एसपी रजौरेले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *