नेपाल आइडलका उत्कृष्ठ पाँच अमित बरालको स्वागतमा कन्सर्ट

डिसी नेपाल
२६ मंसिर २०७५ १०:४५

बुटवल : नेपाल आइडलका उत्कृष्ठ पाँच अमित बरालको स्वागतमा गृह जिल्ला रुपन्देहीमा कन्सर्ट गरिएको छ। अमितलाई गृहजिल्ला प्रवेश गर्नसाथ भव्य स्वागत गरिएको थियो। एपिवानबाट प्रसारित नेपाल आइडलको गत शुक्रबारको एपिसोडबाट सैनामैनाका अमित अन्तिम पाचबाट बाहिरिएका थिए।‘विदेश जनाका लागि झोला बोकेर गएको थियो, अहिले मान्छेबीचमा घेरिएर आयो, बाबु जीवन बरालले खुसी हुदै भने ‘छोराको फ्यान देख्दा अचम्मित छु।’ अमितलाई स्वागतका लागि उनको प्रसंशकहरु भैरहवा विमानस्थल पुगेका थिए। पञ्चे वाजासहित विमानस्थलमा स्वागत पाएका अमित हर्षित थिए।

घर फर्किएसंगै फ्यानबाट घेरिएका अमित भेटघाटमै व्यस्त रहे। मंगलबार दिउसो सैनामैनाको पर्राेहामा भएको कन्सन्र्टमा अमितसगंै आएका गायक पुष्पन प्रधानले समेत प्रसंशकलाई संगितमा डुवाए। नेपाल आइडलमा ‘पंक्षी’ गीत गाएर चर्चा पाएका अमितले आफ्नो समर्थकलाई धन्यवाद सहित सोही गित सुनाए।‘मलाई टप फाइभमा पुराउने तपाई सबैलाई धन्यवाद दिन चाहान्छु, स्टेज चढ्दै गर्दा अमितले समर्थकलाई भने। सयौं फ्यानहरुमाझ अमित र पुष्पनले दर्जन गीत पस्किएका छन्। ‘धिन धिन’, ‘बाबुको जुंगो’ मा पुष्पन र अमितले स्वर भरे। नेपाल आइडलमा अमितसंगै गीत गाउदा निकै प्रससंक बटुलेका पुष्पनले ‘वान्स मोर’ पाइराखे।

पर्राेहा बहुमुमखी क्याम्पसको खेलमैदानमा धुलाम्ये हुदा समेत समर्थकहरु दुई गायकको स्वरमा मन्त्रमुग्ध भए। अमितलाई नेपाल आइडल बनाउन सक्किएका रुपन्देहीबासीले टप फाइपबाट बाहिरएको पीडालाई सुखीमा परिवर्तन गरे। स्टेजबाट अमितले आइडलले यहासम्म पुराएकोे भन्दै समर्थकसंग खुसी साटे। अमितको स्वागतमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारले समेत साथ दिए।अमितलाई आइडल बनाउनका लागि सैनामैनामा अभियान समेत चलाइएको थियो। बिभिन्न संघसंस्थाले अभियान नै चलाएर परिवारलाई सहयोग गरेका थिए। ०५१ साल असोजमा नवलपरासीको बर्दघाटमा जन्मिएका अमितको परिवार रुपन्देहीबाासी बनेको त्यति धेरै भएको छैन। बरालको परिवार पुर्ख्यौली थलो पाल्पादेखी २०४० सालमा नवलपरासी बसाई सरेको थियो। अमितका बुवा विगत १७ वर्षदेखी रोजगारीको शिलशिलामा कतारमा काम गर्दै आएका छन् भने आमा गृहिणी हुन्। अमित माईलो छोरा हुन्।

अमितका दाजु संगितमा निकै रुचि राख्थे। दश वर्षअघि उनको परिवारमा ठूलो दुर्घटनाा भयो। दाजु सुमित बरालको असमायिक निधनले परिवार शोकमा डुब्यो। त्यही शोक सहन नसकेपछि उनको परिवार रुपन्देहीको सैनामैना आएको हो। दाजुको निधन पश्चात मात्र अमितले उनको सपना पुरा गर्न संगीतमा तल्लिन हुन थाले।उनी नवलपरासी आईडलको टप ५ मा पर्न समेत सफल भएका थिए। उनका लागि आवश्यक बाद्ययन्त्र खरिद गर्न परिवारले कन्जुस्याईं गरेन। बर्दघाटमै रहेको न्युलाईट बोडिङ स्कुलमा कक्षा ७ सम्मको अध्ययन गरेका उनले सैनामैनाको प्रभात आवसीय स्कुलबाट कक्षा १० पास गरे। कक्षा १२सम्म अध्ययन गरेका उनले उनले लुम्बिनी कला केन्द्र बुटवलमा २ वर्ष सम्म संगीत सिकेका थिए।‘परिवारको शोक अमितले हटाएको छ, बाबु जीवनले भने–‘अहिले खुसीका आसु झरिररहेका छन्।’ अमितका बाबुलाई पनि बधाई थाप्न भ्याई नभ्याई छ। पहिले अमितलाई नचिन्ने छिमेकीहरु उनलाई हेर्न भीड नै लगाएर पुगेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *