ट्युसन पढेर केटी पट्याउन सिक्नुस्, १ घण्टाको फिस ५० हजार रुपैयाँ
काठमाडौं। युवतीहरुसँग कसरी कुरा गर्ने र उनीहरुलाई आफ्नो प्रेममा कसरी पार्ने भन्ने विषयमा एक युवतीले ट्युसन पढाउँछिन् । यो ट्युसन पढ्नको लागि १ घण्टाको करिब ५० हजार रुपैयाँ मूल्य तिर्नुपर्छ । बेलायतकी यी युवती २००६ मा लण्डनको एक क्लबमा बसिरहेकी थिइन् । यहीबाट उनको जीवनमा यु टर्न आयो । त्यतिबेलादेखि उनले यसरी ट्युसन पढाउन थालेकी हुन् ।
द सनको रिपोर्टअनुसार यी मोडलको नाम केजिया नोबल हो । उनले डेटिङ र आकर्षणकी एक्सपर्ट हुन् । उनले १५ वर्षको उमेरमा स्कुल छोडेकी थिइन् । कैयौं पटक ट्युसन पढाउने क्रममा यस्तो समय पनि आयो कि युवकहरु उनीसँग नै प्रेम गर्न चाहन्थे । कैयौं पटक त जुन केटाहरुलाई उनले पढाइरहेकी हुन्थिन् तिनीहरुले उनीसँग नै फ्लर्ट गर्ने कोसिस गर्थे ।
केजियाका अनुसार २००६ मा उनी लण्डनको एक क्लवमा बसिरहेकी थिइन् । त्यतिबेला उनको उमेर २५ वर्ष थियो । त्यहाँ एक व्यक्ति आए र उनलाई एउटा प्रस्ताव दिए । ती व्यक्तिले केजियासँग सिंगल युवकहरुलाई च्याट गर्नको लागि सल्लाह सुझाव दिन सक्छिन् ? भनेर सोधे । खासमा ती व्यक्ति एउटा बुटक्याम्प चलाउँथे जहाँ पुरुषहरुलाई महिलाहरुको अगाडि आत्मविश्वासपूर्वक कुरा गर्न सिकाइन्थ्यो ।
केजिया अहिले ४१ वर्षकी छिन् । उनका अनुसार हरेक सप्ताहान्तमा पुरुषहरु २० वर्षकी महिलाको अगाडि आएर कुरा गर्ने अभ्यास गर्छन् । इन्टरनेशनल कोचिङ फेडरेसनका अनुसार व्यक्तित्व विकास कोचिङ उद्योग ९ खर्ब भन्दा धेरैको छ । केजियाका अनुसार एक वर्षकै उनलाई महसुस भएको थियो कि यस क्षेत्रमा महिलाहरुको कमी छ । केजियाको आफ्नो युट्युब च्यानल पनि छ यसमा उनले पुरुषहरु महिलासँग कुरा गर्दा कहाँ गल्ती गर्छन् भन्ने बताउँछिन् ।
केजीयाका २५ जना स्टाफ छन् जसले कैयौं किसिमका डेटिङ वर्कशप बचाउँछन् । उनले १मिलियन पाउण्डभन्दा धेरैको कमाइ आफ्ना उत्पादनबाट गरिसकेकी छिन् । केजियाका किताब, डिभिडी र भिडियो डाउनलोडबाट उनले यति कमाइ गरेकी हुन् । उनी एक घण्टा ट्युसन पढाएको ३ सय पाउण्ड लिन्छिन् । कैयौं पटक उनको कोचिङ सेसन २ घण्टाको हुन्छ । कोभिडका कारण उनको व्यवसाय पनि प्रभावित भयो । उनले आफ्ना कैयौं कोर्स अनलाइन बनाइन् । जसबाट धेरै नोक्सानी भएन । उनी अहिले सिंगल छिन् । उनका ६ वर्षका छोरा उनका पूर्वपतिसँग बस्छन् ।
Facebook Comment