बालाजुमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु, चालक फरार
काठमाडौं। काठमाडौंको बालाजुमा बुधबार बिहान ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।
ट्याक्टरले किचेर गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीय पुरुषको उपचारका क्रममा त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।
बुधबार बिहान ७ बजे ना ७ त ३८९९ नम्बरको ट्याक्टरमा सवार रहेका उनी अचानक खस्दा सोही ट्याक्टरको चक्काले किचेको हो । ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरी बृत्त बालाजुले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment