सरकारको काम गराईबाट खुशी छु – नेता रायमाझी

डिसी नेपाल
२७ मंसिर २०७५ ११:३८

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले अब बस्ने स्थायी समिति बैठकमा सरकारको बारेमा निर्मम समिक्षा हुने स्पष्ट पारेका छन्।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले पार्टीको अब बस्ने स्थायी समिति बैठकमा पार्टी निर्माण, संगठन विस्तार र सरकार सञ्चालनको विषयमा छलफल तथा समिक्षा हुने जनाएका हुन्।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने, ‘हामी पार्टी एकतालाई पूर्णता दिने पक्षमा छौं। सरकार गठन भएको पनि ९ महिना पूरा भैसकेको छ। यो बीचमा सरकारले हाँसिल गरेको उपलब्धिहरु र कमी कमजोरीहरुबारे छलफल र समिक्षा दुवै हुन्छ।’

पछिल्लो समय सरकारले आफ्नो कामकारबाहीको गतिलाई बढाएको रायमाझीको विश्वास छ। उनले भने, ‘तीन महिना अघि र अहिलेको सरकारको गति हेर्दा अहिले गियर बढाएको छ। सरकारले अहिले पिक–अप लिएको छ । म अहिले सरकारको काम गराईबाट खुशी छु ।’

पहिलेको तुलनामा सरकारले धेरै राम्रो काम गरेको उनले जिकिर गरे। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता रायमाझीले थपे,‘बाटा घाटाहरु बनेका छन् । काठमाडौं उपत्यकामा धुलो धुँवा कम भएको छ। खाल्डाखुल्डीहरु पुरिएको छन् । कलंकी–नागढुंगा सडक धेरै राम्रो बनेको छ । रिङ रोडहरु धमाधम बनिरहेका छन् ।’

फरक प्रसँगमा उनले नेपालका कम्युनिष्टहरुको आधार भनेको नै संघीयता भएकोले आफूहरु संघीयताको विरोधी नभएको स्पष्ट पारे। ‘कम्युनिष्टहरुले राज्यको निरंकुशता फाल्नको लागि निर्णायक भूमिका खेलेका छन्’–उनले भने, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक, लोकतन्त्र र प्रजातन्त्रको लागि कम्युनिष्टहरुको महत्वपूर्ण भूमिका थियो । हामीले नेतृत्वदायी भूमिका निर्वाह गरेका छौं ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *