तीन दशकदेखि पर्दा पछाडिको यात्रा
काठमाडौं। बुधबार दिउँसो सुनयमान श्रेष्ठ फिल्म आफ्नै स्टुडियो ‘बिजी बी’मा साउण्ड मिक्सिङको काममा व्यस्त थिए। ३० वर्षअघि सुनय यो क्षेत्रमा प्रवेश गर्दा प्रविधिले आजजस्तो फड्को मारेको थिएन। वास्तवमा डिजिटल युग सुरु भएकै थिएन। र यसतर्फ सायद कसैले सोचेको पनि थिएन।
नेपालमा एनएफडिसी स्टुडियो थियो, त्यहाँ नेपाली फिल्म तथा वृत्तचित्रका कामहरु हुन्थ्यो। पहिले चलचित्र संस्थान अन्तरगतको सो प्राविधिक प्रयोगशालामा तत्कालीन समयमा बन्ने नेपाली चलचित्रका काम हुँदै आएको थियो।
पछि चलचित्रको जगतमा व्यापक परिवर्तन आउँदै गयो। विस्तारै डिजिटल युगको थालनी हुँदैगयो। यसै क्रममा नेपालमा पनि सिने प्रविधिका क्षेत्रमा एभिड सिस्टमको सुरुवात भयो । त्यसो त नेपाली सिने उद्योगमा एभिड सिस्टम भित्रिनु, दक्षिण एसियामा नै पहिलो पटक यस किसिमको काम हुन गएको हो।
त्यो बेला नेपालमा भर्खरै नेपाल टेलिभिजनको स्थापना भएको थियो। उनका दाइ नेपाल टेलिभिजनमा काम गर्थे। दाइहरुले प्रविधिमा काम गरेको देखेर सुनयमान पनि त्यसतर्फ आकर्षित भए। त्यसपछि उनले पनि साउण्ड मिक्सिङको काम ब्रोडकास्टिङबाट थालनी गरे। जुन काम थालेको आज ३० वर्ष बितिसकेको छ।
सुनयमान श्रेष्ठले केही वर्ष अघि निर्माता निर्देशक दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा’मा काम गर्ने मौका पाए । त्यस पछि उनी ‘छक्का पञ्जा १’ हुँदै त्यसको सबै सिक्वेलहरुमा साउण्ड मिक्सिङको काम गर्दै गए। अनि ‘छक्का पञ्जा’बाटै उनले बेस्ट साउण्ड मिक्सिङको अवार्ड पनि हात पारे।
नेपाली चलचित्र उद्योग राम्रोसँग फस्टाएको समय थियाे त्याे। प्रत्येक साता नयाँ फिल्म रिलिज हुन्थे। फिल्म धेरै बन्ने भएपछि उनीहरुको काम पनि व्यापक हुने गथ्र्यो। काँचको पर्दामा सुनिने अधिकांश आवाज मिक्सिङको काम सुनयमानले भरेका छन्।
तीन दशक अगाडि प्राइम ब्रोडकास्टिङबाट काम सुरु गरेका सुनयमानले विगत १३ वर्षदेखि आफ्नै स्टुडियो खोलेर सिनेमा सम्बन्धी काम गरिरहेका छन्।
फिल्मी काममा पर्दा पछाडि गरिएका कामहरुको विशेष महत्व हुन्छ। पर्दा पछाडि धेरै कलाकारको कर्मशीलता जोडिएको हुन्छ। एउटा सिनेमालाई दर्शनीय बनाउनका लागि साउण्ड मिक्सिङको काम महत्वपूर्ण पनि मानिन्छ।
यतिखेर नेपाल डिजिटल युगमा प्रवेश गरेपनि सिने क्षेत्रमा भने प्रविधि कमजोर बन्दै गएको छ। सुरुमा नेपालमा शुटिङ भएका फिल्म भारतको मुम्बई लगेर डबिङ गर्ने चलन थियो। प्रविधिको विकाससँगै अहिले सबै काम नेपालमै हुन्छ। तर गुणस्तरीय प्रविधिको अभावमा गुणस्तरमा भने कम्प्रोमाइज गर्नुपर्ने अवस्था छ।
‘हामी प्राविधिक रूपमा धेरै गरिब छौं। बलिउडमा १०–१२ करोड पर्ने मेसिनमा मिक्सिङ गर्छन्, हामीले एक करोडको मेसिनमा मिक्सिङ गर्ने हो,’ सुनयमान भन्छन्, ‘अहिले त त्यो पनि घटेर १५ लाख पर्ने मेसिनमा काम गर्नुपर्छ। अनि तुलना बलिउडसँग हुन्छ, त्यो अनुसारको प्रविधि नै नभएपछि गुणस्तर कहाँबाट सुध्रिनु?’
नेपाली सिने क्षेत्रमा लगानी कम रहेको र त्यसको बजार पनि कम रहेको छ। यहाँ निर्माण हुने चलचित्रको बजेट र बलिउडमा बन्ने फिल्मको बजेटमा आकाश जमिनको फरक हुन्छ। तर दर्शकले गुणस्तरीय फिल्म खोज्छन्। लगामी र बजारको अभावमा नेपाली सिने क्षेत्रले उन्नती गर्न नसकेको उनको बुझाइ छ।
अहिले त विशेष गरी साउण्डको काम गरेर गुजारा चलाउनलाईसमेत समस्या छ। त्यसको असर यो क्षेत्रमा जनशक्ति अभावले पनि पुष्टि गर्छ। नयाँ पुस्ता साउण्डको क्षेत्रमा आउन चाहँदैनन्।
पर्दा पछाडिको कलात्मक काममा जोडिएका सुनयमानले अहिलेसम्म धेरै फिल्महरुमा काम गरिसकेका छन्। सय वटा भन्दा बढी नेपाली फिल्ममा मिक्सिङको काम गरिसकेका छन्। तर उनले साउण्डको काम गरेको पहिलो फिल्म भने हो, ‘दपर्ण छायाँ’। जुन एकसमयको चर्चित फिल्म हो।
सुनयमान श्रेष्ठले केही वर्ष अघि निर्माता निर्देशक दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा’मा काम गर्ने मौका पाए । त्यस पछि उनी ‘छक्का पञ्जा १’ हुँदै त्यसको सबै सिक्वेलहरुमा साउण्ड मिक्सिङको काम गर्दै गए। अनि ‘छक्का पञ्जा’बाटै उनले बेस्ट साउण्ड मिक्सिङको अवार्ड पनि हात पारे।
आफ्नो क्षेत्रमा धेरै वर्षदेखि सक्रिय रहेका सुनयले नेपाली फिल्म आतंकवादी, कैदी, चमत्कार, पापी, नाता रगतको, मुकुण्डो, आगो, दागबत्ती, मौसम, नेपाल प्यारो छ, हत्यारा, शहीदगेट, नाम के हो, पूजा, ताल, नुमाफुङ, सुपरस्टार, समर्पण, पागल छ यो मन, मुक्तिदाता, बेइमानी, संगम, चाहन्छु म तिमीलाई नै, जेठो-कान्छो, इन्द्रावती, आँखा लोभी मन पापी, दर्पण छाया, छक्का पञ्जा, अर्जुन, चक्रव्यूह, मनै त हो, आर्मी, बुहारी, मन मेरो मान्दैन, यस्तै रहेछ जिन्दगी, क्रान्ति, बुद्ध बर्न इन नेपाल, तीन घुम्ती, एउटा साथी, द प्रिन्सलगायत गरेर दुई सय भन्दा बढि नेपाली फिल्ममा साउण्ड मिक्सिङको काम गरिसकेका छन्।
अहिले पनि उनको काम जारी छ। आज पनि उनी फूर्सदमा छैनन्। काममा लागि रहेका छन्। कामलाई नै साधना मान्ने सुनयमान श्रेष्ठको कामले सबैको मन जितेको उनको काम गर उनले प्राप्त गरेका अनेकन अवार्डहरुबाट नै मूल्याँकन गर्न सकिन्छ।
Facebook Comment