जावलाखेलद्धारा एपिएफ पराजित
काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लबले सशत्र प्रहरीको एपिएफ क्लबलाई पराजित गरेको छ ।
हल्चोकस्थित एपिएफको मैदानमा जावलाखेलले एपीएफलाई १–० गोल अन्तरले हराएको हो । जावलाखेलका लागि विदेशी खेलाडी ओलालेकन आफिज लावलले निर्णायक गोल गरे । उनले खेलको ५९औँ मिनेटमा गोल हाने । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
खेलमा जावलाखेलका राकेश हमालले म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । जितसँगै जावलाखेल सात अङ्कसहित दशौँ स्थानमा उक्लिएको छ । एपिएफ १० अङ्क जोडेर आठौँ स्थानमा छ ।
प्रतिक्रिया
Facebook Comment