सांसद प्रदीप यादवमाथिको कारबाही फुकुवा

डिसी नेपाल
१८ फागुन २०७८ १७:०९

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले संसाद प्रदीप यादवमाथि गरेको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्यकारी समितिको जारी बैठकले उनीमाथि यसअघि गरेको कारबाही फुकुवा गरेको हो ।

जसपाले उनीमाथि यसअघि पार्टीको आचारसंहिता विपरित गतिविधि गरेको भन्दै कारबाही गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीले पठाएको मन्त्री सूचीमा आफ्नो नाम नभएको भन्दै पार्टी अध्यक्षको विरोध प्रदर्शनसहित पुत्ला दहन गरेको आरोप छ । सोही कारण उनलाई पार्टीले केन्द्रीय सदस्यबाट हटाएको थियो ।

उनीमाथि पार्टीको झण्डा जलाउन संलग्न भएको आरोप समेत छ । यद्यपि, सांसद यादवले भने आरोप अस्वीकार गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *