युद्ध र शान्ति

डिसी नेपाल
१९ फागुन २०७८ १२:१७

यो शीर्षक युद्ध र शान्ति मुलतः इतिहास र अध्यात्मिक दर्शनशास्त्रमा आधारित छ। यसमा युद्धलाई नभइ केवल शान्तिलाई बढी प्राथमिकता दिइएको छ।

एक समयमा रसियाका महान साहित्कार लियो टोल्स्तोयीले सन् १८६९ मा संसार र आफ्नो देश लडााईं र युद्धको दलदलमा फसेको देखेर आफ्ना अतृप्त साहित्यकारको आत्मालाई शान्ति प्रदान गर्न र सारा विश्वलाई सन्देश दिन युद्ध र शान्तिका विषयमा एउटा पुस्तक प्रकाशित गरी संसारमा उत्कृष्ट उपाधि र सम्मान पाएका थिए। यो पुस्तक आज पनि विश्व प्रसिद्ध छ। जसरी नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्ना कृति र लेखमध्ये मुना मदनलाई उत्कृष्ट भनेका थिए।

युद्धको वर्णन गर्दा युद्ध एक ऐतिकासिक घटनाहरु हुन्। कारण युद्ध भनइ युद्धको कल्पना गर्न सकिँदैन। आज भन्दा हजारौं वर्ष पहिलादेखि विशवमा युद्ध भएकै हो। सत्य युगमा देवासुर संग्राम, त्रेता युगमा राम रावणको भिषण युद्ध, द्वापर युगमा भयंकर माहाभारत युद्ध र यो कलि युगको आगमन पश्चात पछि पनि लाखौँ युद्धहरु यो पृथ्वीमा भइनै रहेको छ।

प्रथम विश्वयुद्ध र द्वितीय विश्व युद्धमा विश्वका धेरै मानिसले ज्यान गुमाए भने लाखौं बनेका संरचना ध्वस्त भए। दोस्रो विश्वयुद्ध पछि विश्व केही शान्त भएजस्तो विश्वको विभिन्न मुलुक संचालन गर्ने शासकको रोष, घमण्ड, राग, उत्तेजना र उम्मादले फेरि संसार युद्धमय बन्यो।

आज भौतिक रुपमा युद्धको नफैलिए पनि मानसिक र मनोवैज्ञानिक रुपमा एक अर्काप्रति वाक् युद्ध भने संसारभर जारी छ। संचारमा जति सम्पत्ति आर्जित भयो, त्यसको आधार हिस्सा युद्धको अस्त्र निर्माणमा नै खर्चिएको तथ्यांकले देखाउँछ।

यो ध्वंसको मानसिकताले भोलिको शान्तिको कल्पना कसैले पनि गर्न नसक्ने अवस्था सृजना भएको छ। यो युद्धको आततायी वातावरणमा संसारका शान्ति प्रेमी जनता आजको दिनमा पनि रोइकराइ गरेर बस्न बाध्य छन्।

आज यही युद्धको मानसिकताले संसार दुई भागमा बाँडिएको छ। एक पुँजीवादी र अर्को साम्यवाद विचारधारा। यी दुई विचारधारा बोकेका कट्टर अतिवादी विचारवादकहरुले संसारका तमाम शान्तिवादीहरुलाई आज यो पृथ्वी नै छोड्न बाध्य गराउने बातावरणको तिब्र फैलावट भइरहेको छ। यो निकै दुःख लाग्दो कुरा हो।

इतिहासका बिगतका पानाहरु पल्टाउँदा सन् १८१८मा फ्रान्सले रुसमाथि बोरोदिनो भूमिमा युध लडेको, त्यस्तै अर्को शेंग्राबेन्को युद्धमा र क्रिमियाको युद्धमा जहाँ लाखौं लाख मानिसहरुको हत्या भएको थियो। लाखौँ घरबार विहीन भइ युद्धनै युद्धमा होमिने देशहरुको सम्पूर्ण पूर्वाधार माकुराको जालो जस्तै बनेको थियो।

यस्तै युद्ध बेलायत, अमेरिका, जर्मन, चीन, पाकिस्तान भारत, चेक, क्युबा, कोरिया, भियत्नाम, इजिप्ट, दक्षिण अफ्रिका र दक्षिण अमेरिकामा पनि नभएको होइन। यी लडाईं युद्धका आगोहरु बाहिरी आँखामा झण्डै निभेको देखिएपनि अन्तरंगमा भने अझै भुसको आगो जस्तै तरंगित भइरहेको हामी पाउँछौं।

बेला बेलामा समुद्रको किनारामा फुत्तफुत्त निस्किएका भ्यागुता र गंगटाहरुले समुन्द्रसँग युद्ध गर्न जोरी खोजे जस्तो बलियो देशले निर्धो देशमाथि युद्धको शंखघोस गरी दिन रात एक अर्कादेखि सशंकित बनि सधैं युद्धको तैयारीमा जुटी रहँदा संसारका मानिसहरु युद्धका रगतहरुले पोतिएका जस्तै देखिन्छन्।

यस्तो युद्धको कलाकारितामा हजारौं बर्षदेखि आजसम्म तल्लिन रहने मानव समुदायले आफ्नो सम्पूर्ण जीवन शान्तिको मार्गमा प्रशस्त गरेको भए आज विश्वको अबस्था यस्तो बिकराल बन्ने अवश्य थिएन। कहाँ रसिया र युक्रेन को भयंकर युद्ध र कहाँको माहात्मा गौतम बुद्धको शान्तिको सन्देश।

तसर्थ माहात्मा गौतम बुद्धले प्रदान गरेको शान्तिका दिब्य सन्देश, समाचार र उपदेशहरुमात्र प्रत्येक मानिसले मनन् गरी क्रिया, कर्म, पात्र र पात्रतामा समाहित गरेमा विश्वमा युद्ध हैन शान्तिको स्थापना अवश्य हुने कुरा सम्पूर्ण विश्व जन समुदायहरुले बुझ्ने पर्ने बेला आएको छ।

जल्लादले मुर्दा कुरे जस्तो, शिकारीले चरा भंगेरा, जन्तु जनावरहरुको दिनहुँ एकले अर्कालाई रिस, आवेग, झोक, घमण्ड र लोभका लागि मारी, हत्या गरी व्यक्तिको मनमा कहिल्यै शान्ति प्राप्ति हुँदैन।

जीवनलाई शान्तिको बाटो तिर लैजाने हो भने आज प्रत्येक मानिसले आफ्नो भित्रको अबचेतन मनलाई खुलाउन जरुरी छ। जहाँ शान्ति बाहेक कसैको पनि राज हुँदैन। आखिर त्यही अबचेतन मनको प्रस्फुटनले भयंकरको रत्नाकर डाकु पनि पछि ठूला बाल्मिकि ऋषि बनेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *