ह्वात्तै बढ्यो सुनको मूल्य

डिसी नेपाल
२० फागुन २०७८ १०:५१

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ।

बिहिबार प्रति तोला ९९ हजार रुपैयाँले कारोबार भइरहेको छापावाला सुन आज ९ सयले बढेर प्रति तोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८५ हजार ६ सय ५० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८३ रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *