धादिङमा तीन सय रोपनीमा लगाइएको अफिम खेती नष्ट

डिसी नेपाल
२० फागुन २०७८ १५:२४

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ सिमटार, जरुङ र ब्रम्दी क्षेत्रमा लगाइएको अफिम खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

करिब ३ सय रोपनी जग्गामा लगाइएको अफिम बिहीबार नष्ट गरिएको प्रहरीले जनाएको हो ।

जिल्ला सुरक्षा समितिको बुधबारको निर्णय अनुसार ‘वस्ती वस्तीमा संयुक्त गस्ती’ अभियान अन्तर्गत उक्त अफिम नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङ, ईलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङबाट खटिएको संयुक्त टोलीले उक्त खेती नष्ट गरेको हो ।

साथै प्रहरीले बारीमा लुकाई राखिएको करिब ५० केजी गाँजा समेत जलाएर नष्ट गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *