प्रकाण्डले ७ करोड चन्दा असुलेको खुलासा, अब जेल जाने !

डिसी नेपाल
२३ साउन २०७५ १३:२१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले व्यापारीसँग ७ करोड रुपैयाँ चन्दा असुलेकोले प्रकाउ गरेको प्रहरीले जनाएको छ।

व्यवसायीहरुलाई धम्काएर चन्दा असुलेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले विज्ञप्ती मार्फत जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धानमै उनीहरुले ७ करोड असुलको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका प्रकाण्डसहितका नेतालाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ। उनीसहित मनबहादुर श्रेष्ठ र हरिचन्द्र आचार्य ‘विमर्श’ लाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।

तर, विप्लव नेतृत्वको नेकपाले भने सरकार झुठो मुद्धालगाएर पार्टीलाई सिद्धाउन खोजेको भन्दै आपत्ति जनाएको छ।

यसअघि पनि प्रहरीले सो पार्टीका पोलिब्यूरो सदस्यहरु मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राईसहितका नेताहरुलाई पनि पक्राउ गरी प्रहरीले मुद्दा अघि बढाएको छ। नेकपाका महासचिव विप्लवलाई पनि प्रहरीले वारेन्ट जारी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *