तनहुँमा जीप दुर्घटना, ६ जना घाइते

डिसी नेपाल
२५ फागुन २०७८ २१:०५

काठमाडौं। पोखराबाट स्याङजातर्फ जाँदै गरेको जीप तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

बुधबार साँझ शुक्लागण्डकी नगरपालिका-७ स्थित स्याउलीबजारमा ग१ज ६५४४ नम्बरको जीप दुर्घटनामा परेको हो । प्रहरीले अनियन्त्रित भएर जीप दुर्घटना भएको जनाएको छ ।

घाइतेमध्ये व्यास नगरपालिकाका पदम थापा, स्याङजा​को चापाकोटकी इन्द्र कुमारी राना, दान बहादुर राना, शेषबहादुर राना र क्याम बहादुर रानाको उपचार भइरहेको प्रहरीको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *