भक्तपुर नगरव्यापी पछिमा बाजा प्रतियोगिता सुरु
भक्तपुर । ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ भन्ने नाराका साथ शुक्रबार भक्तपुर दरबार क्षेत्रमा नगरव्यापी पछिमा बाजा प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे । नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले बाँसुरी बाजा, धिमाय् बाजा र धाँ बाजा प्रतियोगिताको आयोजना गरिसकेको र यस वर्ष नगरव्यापी पछिमा बाजा प्रतियोगिताको आयोजना गरेको बताए ।
भक्तपुर-३ का वडाध्यक्ष राजकृष्ण गोराले भक्तपुरको कला, संस्कृति संरक्षण गरी जीवन्तता दिई नयाँ पुस्तालाई परम्परागत ज्ञान र सीप हस्तान्तरण गर्ने उद्देश्यले सांस्कृतिक प्रतियोगितामा जोड दिँदै आएको बताए ।
पछिमा बाजा प्रतियोगिताको उद्घाटन र्याली नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा–९ दत्तात्रयमा बेलुन उडाएर सुरु गरेका थिए । ¥याली दत्तात्रयबाट सुरु भई इनाचो, गोल्मढी, सुकुलढोका, क्वाछेँ, टौमढी, नासमना, वंशगोपाल, तेखापुखु, इँटाछेँ, खौमा हुँदै नगर परिक्रमा गरी भक्तपुर दरबार क्षेत्रमा पुगी सभामा परिणत भएको थियो ।
¥यालीमा भक्तपुर नपाका जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, सहकारी संस्थाहरू, टीम, क्लब, पुस्तकालय, संघसंस्था, संस्कृतिप्रेमी, भक्तपुर नपाका कर्मचारीहरू र सहभागी सांस्कृतिक टोलीहरूको सहभागिता थियो ।
¥याली सुरु हुनुअघि भनपा–७ का वडाध्यक्ष उकेश कवां र वडा नम्बर १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले पनि कार्यक्रमको उद्देश्यबारे चर्चा गरेका थिए । भक्तपुर नगरस्तरीय पछिमा बाजा प्रतियोगितामा नगरभित्रका ३५ वटा पछिमा बाजा समूहले दर्ता गराएकोमा ३३ वटा बाजा टोलीले भाग लिएका छन् ।
सहभागी बाजा समूह
१. महेश्वरी बाँसुरी बाजा समूह (ख), भ.न.पा ७
२. बालाखु बाँंसुरी बाजा समूह, भ.न.पा २
३. लोकेश्वर सांस्कृतिक समूह, भ.न.पा २
४. महाकाली नाच खर्बुजा समूह, भ.न.पा ३
५. सिद्धि गणेश बाँसुरी बाजा, भ.न.पा ७
६. महाकाली प्याखं मुस्याख्व समूह, भ.न.पा ३
७. श्री नगांचा बाँसुरी बाजा समुह, भ.न.पा १०
८. गछें दाफाभजन समूह, भ.न.पा ९
९. मुक्ती संगीत प्रशिक्षण केन्द्र, भ.न.पा ५
१०. देवी प्याखं, भ.न.पा ४
११. खिंछे दाफा भजन खल, भ.न.पा ५
१२. याछें गणेश नौ बाजा दाफा भजन, भ.न.पा ६
१३. श्री चोछें छुमा गणेश बाँसुरी बाजा खल, भ.न.पा ६
१४. डम्बरेश्वर बाजा खल भजन मण्डल, भ.न.पा ७
१५. झिगु ख्वप बचत बांसुरी बाजा, भ.न.पा ७
१६. श्री नित्यनाथ बाँसुरी बाजा खल, भ.न.पा १०
१७. लाकोलाछें जालांचा बाँसुरी बाजा, भ.न.पा ४
१८. छुमा गणेश तुछीमला ढल्चा भजन, भ.न.पा ६
१९. हरिभजन दाफा ब्यासी (क), भ.न.पा २
२०. श्री कविलाश नृत्य नाथ बाँसुरी, बाजा समूह, भ.न.पा ४
२१. हरिभजन दाफा ब्यासी (ख), भ.न.पा २
२२. वाकुपति नारायण नौ दाफा भजन (क), भ.न.पा ९
२३. महेश्वरी बांसुरी बाजा समूह (क) , भ.न.पा ७
२४. साकोलान ङखगुलाँ बाजा खल, भ.न.पा ९
२५. तचपाल मको गल्ली बाजा समूह, भ.न.पा ९
२६. वाकुपति नारायण नौ दाफा भजन (ख), भ.न.पा ९
२७. भक्तपुर बचत तथा ऋण सहकारी संस्था, भ.न.पा ९
२८. नास हैमा बाजा खल, भ.न.पा १
२९. त्वचा गुरु गणेश समूह, भ.न.पा ९
३०. कमिचा गल्ली बाँसुरी बाजा समूह, भ.न.पा ९
३१. समृद्धि कृषि सहकारी संस्था लि. , भ.न.पा ९
३२. पासा पुचः समू, भ.न.पा ९
३३. छुमा गणेश बाँसुरी बाजा, भ.न.पा ६
३४. आकास भैरव नौ बाजा भजन गुठी, भ.न.पा ४
३५. सनराइज बाँसुरी बाजा खलः, भनपा ८
Facebook Comment