पूर्वी नेपालको पर्यटकीय केन्द्र ‘कन्याम’ {फोटो फिचर}

इलाम । पूर्वी नेपालको मनोरम पर्यटकीय केन्द्र हो कन्याम । चियाबारी हेर्नका लागि कन्याममा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । कन्याम पूर्वी नेपालको लोकप्रिय वनभोज स्थल पनि हो। पर्यटनका लागि पिकनिक स्पट, दृष्यावलोकन, घोडचढीका साथै सांस्कृतिक भेषभूषामा फोटो खिचाउँन यहाँ पुग्ने गर्दछन् ।
कन्याम चिया बगानमा फोटो खिच्ने र घोडा चढ्ने पर्यटकहरुको प्रमुख आकर्षण हो । कन्याममा पिकनिक र शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटकले घोडा चढ्ने गरेका छन् । कन्याम आसपासका क्षेत्रहरु फिकल, श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिनुका साथै सगरमाथा, कुम्भकर्ण जस्ता हिमालको दृश्य पनि यहाँबाट देख्न सकिन्छ । साथै हालै नगरपालीकाले निर्माण गरेको कन्याम लेखिएको ठाउँमा फोटो खिच्नका लागि पालो कुरेर बस्ने गरेको देख्न सकिन्छ ।
इलाममा हाल १० भन्दा बढी चिया प्रशोधन कारखानाहरू रहेका छन्। इलामको अर्थोडक्स चिया युरोप र अष्ट्रेलियाली बजारमा निकै लोकप्रिय छ। यसका अतिरिक्त पशुपालन खासगरी गाई पालन पेशा पनि इलाममा फष्टाएको पेशा हो। कन्याममा छुर्पी, अकबरे र्खोसानीका साथै विभिन्न दुधबाट बनेको विभिन्न परिकारहरुको व्यापार देख्न सकिन्छ ।
तस्विरमा हेर्नुहोस्:
Facebook Comment