मोरङको लेटाङमा निषेधाज्ञा यथावत

डिसी नेपाल
८ चैत २०७८ २०:२१

विराटनगर । मोरङको लेटाङमा शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राखी निषेधाज्ञा आदेश यथावत राखेको छ । जिल्ला प्रशासन कार्यालयले आज निषेधाज्ञा यथावत रहेको विज्ञप्ति जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको हस्ताक्षरित विज्ञप्तिमा चैत ९ गते बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि बिहान १० बजेदेखि ४ बजेसम्म तथा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको उल्लेख छ ।

लेटाङमा भएको घटनामा परी विराटनगरको रानी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएको थियो । घटनामा प्रदर्शनकारी र सुरक्षाकर्मीसमेत घाइते भएका थिए । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम प्रशासनले चैत ६ गते निषेधाज्ञा आदेश जारी गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *