धादिङ उद्योग वाणिज्य संघको अधिवेशन नरोक्न अन्तरिम आदेश
धादिङ । धादिङ उद्योग वाणिज्य संघ धादिङको २८ औं वार्षिक साधरण सभा तथा १० औं अधिवेशन नरोक्न जिल्ला अदालत धादिङले अन्तरिम आदेश जारी गरेको छ ।
धादिङ उद्योग वाणिज्य संघको अधिवेशन सार्न लागिएको भन्ने हल्ला चलिरहेको बेला आज जिल्ला अदालत धादिङले अन्तरिम आदेश जारी गर्दै अधिवेशन नरोक्न भनेको हो ।
धादिङ उद्योग वाणिज्य संघ धादिङले चैत १० देखि १२ गते सम्म २८ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन गर्न सुचना जारी गरिसकेका अवस्थामा चुनाव सार्न लागिएको भन्दै एमाले र काँग्रेस निकट ब्यवसायीहरु चुनाव सार्नुपर्ने कुनै कारण नभएको भन्दै अदालत पुगेको थिए । यसरी अदालत जानेमा एमाले निकट यवसायी तिलक सिंखडा र कांग्रेस निकट व्यवसायी राजकुमार श्रेष्ठ रहेका छन् ।
सूचना जारी भए सँगै धादिङ उद्योग वाणिज्य संघको चुनावको चहलपहल ब्यापक भैसकेको थियो । कांग्रेस र एमालेको एउटा गठबन्धन, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको अर्को गठबन्धन बीच चुनाव हुने तयारी छ ।
अधिबेशनमा कांग्रेस एमाले गठबन्धनले विष्णु प्रसाद थपलियालाई र माओवादी केन्द्र र एकीकृत समाजवादीले पूर्व अध्यक्ष समेत रहेका बोदनाथ दुवाडीलाई अध्यक्ष पदमा अगाडी सारेको छन् ।
Facebook Comment