कपिलवस्तु महोत्सवमा डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते
कपिलवस्तु । कपिलवस्तु महोत्सवमा दर्शक सवार डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
शुक्रवार साँझ भएको दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले गम्भीर घाइतेको उपचारको लागि बुटवल लगिएको बताएका छन् ।
गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर १ का अर्जुन क्षेत्री , सिर्जना थारु र कपिलवस्तु नगरपालिका वडा नं. ९ का आकृति खनाल रहेका छन् । यसै गरी सामान्य घाइते हुनेमा शितगंगा नगरपालिका २ मनीषा क्षेत्री, बाणगंगा नगरपालिका वडा नं. ४ का आशिका बिसी, अञ्चल पुन, बम बहादुर क्षेत्री, वडा नं. ८ का सीमा खत्री, महिमा चौधरी, सिर्जना सुनार, वडा नं. ९ का कृष्ण घर्ती मगर रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment