जसपा अछामको जिल्ला कमिटी एकीकृत समाजवादीमा समाहित

डिसी नेपाल
१२ चैत २०७८ २२:०१

अछाम । जनता समाजवादी पार्टी अछामको जिल्ला कार्यसमिति नेकपा(एकिकृत समाजवादी)मा समाहित भएको छ । जनता समाजवादी परित्याग गरि खगेन्द्र तिमिल्सिना को नेतृत्वमा नेतृत्वमा २५१ सदस्य सहित जिल्ला कमिटि नै एकीकृत समाजवादीमा समायोजन भएको हो ।एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम कमिटिका उपाध्यक्ष  शेरबहादुर कुवर  र केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज शंकर भण्डारीको उपस्थितिमा शनिबार भएको पार्टी प्रवेश तथा समायोजन कार्यक्रममा अछामको सिङगो जनता समाजवादी पाटी नै एकीकृत समाजवादीमा समायोजन भएको हो ।

सोही कार्यक्रममा  माओवादी केन्द्र परित्याग गरि चन्द्र बोगटि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।यस्तै नेपाली कांग्रेस परित्याग गरि मीन बहादुर बिष्ट ,शेर बहादुर भण्डारी,मोहन बटाला,मीन प्रसाद बजगाइ,रङ्गा बजगाइ र रतन भुल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।पार्टी प्रवेश तथा समायोजन कार्यक्रममा पाटीका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम कमिटिका उपाध्यक्ष शेरबहादुर कुवरले  उनीहरुलाई स्वागत गर्दै वामपंथी आन्दोलनको अग्रणी पार्टी नेकपा(एकीकृत समाजवादी) भएको बताएका छन् । उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा अछाम सहइन्चार्ज भण्डारीले अबको विकल्प एकीकृत समाजवादी नै भएको बताउदै वाम आन्दोलनको मुलधारमा सबैलाई समाहित हुन आग्रह गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा एकिकृत समाजवाटी पार्टीका जिल्ला कमिटी उपाध्यक्ष योगेन्द्र विष्ट, एकिकृत समाजवादीका नेता वालाराम ढकाल, तिर्थ ढकाल, युवा संघका जिल्ला अध्यक्ष एकेन्द्र कुँवर लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *