जाडोको समयमा कपाल चाडो सुकाउने यि उपाय पढ्नुहोस् ,
जाडो मौसममा नुहाएपछि छिटै कपाल सुक्दैन । अझ लामो कपाल सुक्न त धेरै समय लाग्छ । त्यसैले महिलाहरू विभिन्न उपाय लगाएर जतिसक्दो छिटो कपालको चिसोपन हटाउन खोज्छन् । कपाल सुकाउन हेयरड्रायर प्रयोग गर्न सबैलाई सम्भव नहुन पनि सक्छ । यो अवस्थामा केही सजिला उपाय अपनाउन सकिन्छ :
कन्डिसनर प्रयोगपछि काइँयोले कोर्ने कन्डिसनर प्रयोग गरेपछि कपाल चाँडै सुक्छ । हातको औँलाले कन्डिसनिङ गर्दा टाउकाको पूरै भागमा नफैलिन पनि सक्छ । त्यसैले कन्डिसनर लगाएपछि चौडाइ बढी भएको काँइयोले कपाल कोर्दा राम्रो हुन्छ ।
तौलिया प्रयोगमा विचार पुर्याउने कपाल छिटो सुकाउन अधिकांशले तौलियाले कपाल रगड्ने तथा फड्कार्ने गर्छन् । यसो गर्नु कपालका लागि हानिकारक हुन सक्छ । तौलियाले कपालको चिसो सोसाउने मात्रै गर्नुपर्छ । दैनिक प्रयोग गर्ने तौलियाको सट्टा सुती तौलिया या कपडा प्रयोग गर्नु उत्तम हुन्छ ।
चिसो सोसेपछि खुला छाडिदिने कटनको तौलिया या कपडाले सुकाएपछि कपाल खुला छाड्नु राम्रो हुन्छ । कपाल खुला छोड्दा अफिस या कलेज जान आवश्यक तयारी गर्न सकिन्छ । फेसक्रिम, नेलपोलिस लगाउने तथा चिया, कफी पनि पिउन सकिन्छ । अझ सकिन्छ भने रुम हिटरनजिकै बसेर पनि यस्ता काम गर्न सकिन्छ । यसले शरीरलाई न्यानो प्राप्त हुन्छ । कपाल सुक्ने समय पनि कम गराउँछ ।
हेयर ब्रस सही प्रयोग गर्ने भिजेको कपाल सुकाउन हेयर ब्रसको पनि महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले सधैँ राम्रो क्वालिटीको हेयर ब्रस प्रयोग गर्नुपर्छ । कपाल जब केही चिसो हुन्छ, सोही समयमा काइँयो लगाउनुपर्छ । यदि कपालबाट पानी झर्दै गरेको अवस्थामा काँइयो लगाउने बानी छ भने सुधार गर्नुपर्छ । यस्तो बानीले कपाल झर्ने सम्भावना बढाउँछ ।
हेयर प्रोडक्ट गुणस्तरीय रोज्ने आफ्नो कपालको प्रकृतिअनुसार हेयर प्रोडक्ट प्रयोग गर्नुपर्छ । प्लान्ट बेस्ड कन्डिसनर प्रयोग गर्नु कपाललाई फाइदाजनक हुन्छ । यसले कपाल अल्झिने तथा बिग्रने सम्भावना कम हुन्छ ।
Facebook Comment