टुक्रे योजना विकासको बाधक होः मन्त्री रोकाया
जुम्ला । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाले टुक्रे योजनाका कारण कर्णालीको विकास हुन नसकेको बताएका छन् । उनले कर्णालीको विकास गर्ने हो भने टुक्रे योजनामा अल्मलिनु नहुने बताएका छन् ।
नेपाल पत्रकार महासंघ जुम्लाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कानुन, योजना, रणनीति, प्रतिबद्धता सबै भएर पनि अझै कर्णालीले मुहार फेर्न नसकेकोमा दुस्ख व्यक्त गरे । उनले भने, ‘दिगो विकासको लागी सबैले सोच्न आवश्यक छ । जुम्लासहित समग्र कर्णाली विकासको लागि पत्रकारले कलम चलाउनु पर्यो ।’
उनले कर्णालीको आर्थिक र सामाजिक विकासका लागि पर्याप्त अवसर रहेको पनि बताए । एक दुई लाखका टुक्रे योजनाले उपभोत्ता समिति पालिने तर विकास दिगो नहुने समस्या छ । यसको अन्त गर्न प्रदेश सरकार पनि लागि परेको बताए ।
उनले आफ्नो कार्यकालमा नागमा(गमगडी राजमार्गलाई प्रथामिकता साथ अगाडी बढाइने पनि बताए । खानेपानी, सिँचाइँ जस्ता वहुवर्षीय योजना कार्यान्वयन हुने बताए । कर्णालीका अन्य जिल्लाको तुलनामा जुम्लामा बजेट समेत कम विनियोज भएको दुखेसो गरे । उनले भने, ‘अबका दिनमा पहुँचको अधारमा भन्दा आवश्यकताको आधारमा बजेटको व्यवस्था गर्नेछौँ ।’
Facebook Comment