ताप्लेजुङमा १२२ मतदान केन्द्र रहने

डिसी नेपाल
१८ चैत २०७८ १८:१२

ताप्लेजुङ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा १ सय २२ वटा मतदान केन्द्र रहने भएका छन् । मतदाता वृद्धिभएसँगै नयाँ मतदान केन्द्र थप गरेर १ सय २२ पुगाइएको बताइएको छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा १ सय ५ वटा मतदान केन्द्रबाट ७० हजार मतदाताले मतदान गरेका थिए । आउँदो वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा २० हजार नयाँ मतदाता थप भएसँगै १७ वटा नयाँ मतदान केन्द्र थप गरिएको निवार्चन कार्यालय ताप्लेजुङले जनाएको छ ।

आठराई त्रिवेणीमा १० मतदान केन्द्र रहेकोमा दुई मतदान केन्द्र थप भएसँगै १२ वटा मतदान केन्द्रबाट आगामी स्थानीय तहको मतदान हुनेभएको छ । फुङ्लिङ नगरपालिकामा यसअघि १७ मतदान केन्द्र रहेकोमा अहिले ३ वटा बढाएर २० मतदान केन्द्र थप भएको छ ।

मिक्वाखोला गाउँपालिकामा यसअघि ७ मतदान केन्द्र भएकोमा अहिले १० र मेरिङदेन गाउँपालिकामा यसअघि १० मतदान केन्द्र रहेकोमा अहिले ११ मतदान केन्द्र कायम भएको छ ।

यसअघि ९–९ मतदान केन्द्र मैवाखोला र पाथीभरा याङ्वरकमा अहिले क्रमशः १२ र १३ मतदान कायम भएका छन् । फक्ताङ्लुङ र सिदिङ्वा गाउँपालिकामा भने साबिककै क्रमशः १५ र १३ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *