बैतडीको पुर्चौडी नगर प्रमुखमा कांग्रेसका बमको दाबेदारी
बैतडी । नेपाली कांग्रेसले आगामी २०७९ वैशाख ३० गते हुने निर्वाचनको लागि उम्मेद्वार छनोट गरिरहेको छ ।
जिल्लाको पुर्चोडी नगरपालिकाको नगर प्रमुखकालागि दिपक बहादुर बमलाई उम्मेद्वार बनाउने कांग्रेसको तयारी छ ।
शुक्रबार बसेको पालिका समितिको बैठकबाट बमलाई नगर प्रमुखको उम्मेद्वार बनाउने सहमति भएको हो ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका बम यसअघि २०७४को निर्वाचनमा समेत सोही पदका उमेदवार थिए ।
उतिबेला उनी २३७ मतले मात्रै माओवादी केन्द्रका नेता एवम वर्तमान नगर प्रमुख रण बहादुर कुवँरसँग पराजित भएका थिए ।
विगतमा २सय बढी मतले पराजीत भएका बम अहिले अन्य पार्टीबाट ७ सय बढी व्यक्तिले कांग्रेसमा प्रवेश गरेको दावी गर्छन् । तर कांग्रेसले केन्द्रीय समितिले बाट आवश्यकताको आधारमा गठबन्धन गर्ने निर्णय गरेको छ ।
पुर्चौडीमा नगर उपप्रमुखका उम्मेद्वारको पनि टुङ्गो लगाउने तयारी भइरहेको छ । कांग्रेसले यसअघि पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश भण्डारीलाई उमेदवार बनाउने निर्णय गरिसकेको छ ।
Facebook Comment