माओवादीले आँधिखोला गाउँपालिकाको उम्मेदवार टुंगायो

स्याङ्जा । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रले आँधिखोला गाउँपालिकाको उम्मेदवारको टुंगो लगाएको छ ।
पालिका कमिटीको बुधबार बसेको बैठकले गाउँपालिका अध्यक्षमा हरिप्रसाद ढकालको नाम सर्वसम्मत टुंगो लगाएको हो ।
ढकाल माओवादी केन्द्रको खानेपानी तथा सरसफाइ विभागका केन्द्रीय सदस्य हुन् ।
आँधिखोला गाउँपालिकामा २०७४ सालको निर्वाचनमा एमालेले जितेको थियो ।
प्रतिक्रिया
Facebook Comment