सुनसरीको बंङ्गुर अनुसन्धान इकाइएका प्रमुखसहित सातजना विरुद्ध भ्रष्टाचार मुद्दा

डिसी नेपाल
२९ चैत २०७८ २२:४३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय अनुसन्धान केन्द्र सुनसरीको बंङ्गुर अनुसन्धान इकाईका तत्कालीन इकाई प्रमुख रामदेव पण्डितसहित सातजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले सात लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा सहायक कर्मचारीहरु शकुन्तला राई र प्रकाश कुमार यादव, लेखा अधिकृत सोभितलाल यादव, लेखा अधिकृत तिलक राजबंशी, स्टोर प्रमुख तथा प्रशासन प्रमुख कृष्ण प्रसाद पोखरेल र क्षेत्रीय निर्देशक हरिकृष्ण श्रेष्ठ रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *