स्वदेशदेखि परदेश: रहर कि वाध्यता?

डिसी नेपाल
३ वैशाख २०७९ ८:०२

“खाली दिमाग सैतानको घर भनेझैँ ” म निकै कन्फ्युजमा थिए। भर्खर स्नातक परीक्षा सकेर अब के गर्ने यो सोचले निक्कै पिरोलिरहेको रहेको थियो। शहरको त्यो अन्धकार कोठामा बस्न थालेको पनि चार वर्षभन्दा बढी भइसकेको थियो। सहरको महँगी निकै चर्किरहेछ जीवन गुजार्न गारो परिरहेछ।

के गर्ने पर्‍याे भन्दै म जागिर निर्णयमा पुगेँ। यतिकैमा धेरैजनालाई भेट्ने प्रयास गरे, धेरैसँग कुरा गरेँ रोजगारीकालागि आखिर सोचे सरकारी जागिर वा विदेश यी दुईमध्ये एउटा रोज्नुपर्ने बाधेतामा थिएँ।

मध्यमवर्गीय परिवारमा हुर्किएको हुनाले अभावको सामना नगरेको पनि होइन। तर आफूँसँग सँगै पढेको र हुर्किएका साथीहरु बिदेश लायन भएर आफ्नो करियरमा बनाउनुका साथै घर परिवारमा खुशी छरिरहेको कुराम प्रत्यक्ष नियाली रहेको थिएँ। मलाई पनि जिन्दगीको मोडहरुमा कैयौं पटक विदेश जाने इच्छा नभएको पनि होइन।

आकाशमा उडेको त्यो प्लेनको आवाज मात्र सुनिँदा पनि कुनै दिन त्यो प्लेन मलाई लिन आउँदछ पनि होइन। म्यानपावरलाई पासपोर्ट बुझाएर भिजा कहिले आउँदछ भन्ने आशा धेरै पटक मनमा नभएको पनि होइन, खै कता कता काटिन कतैबाट सोचेजस्तो हुन सकिराखेको थिएन।

आफूभित्र आफैंलाई प्रश्न गर्दथे र उत्तर सहित भएर उदासीनता भई उनलाई कोठा बाहिर निस्कन्थे । साथीभाई हेर्‍याे  रमाउन मनन लाग्दछ, परिवार हेर्‍याे  कमाउन मन लाग्दछ र भविष्य हेरेर केही गर्नुपर्दछ भन्ने भनाइ कताबाट ठ्याक्कै दिमागमा आयो। धेरै वेर सोचे नत त्यो सोचाईले केही परिवर्तन ल्याउँछ भन्ने आशा नै मबाट निराशामा परिणत भइसकेको थियो।

बुबाले गाउँमा दुःख मेहनत गरेर जनतन हाम्रो पढाइको खर्च पुर्‍याउनुभएको थियो। कुनै महिना , कुनै दिन त्यही खर्च नपुगेर साहुकोमा ऋण माग्न जाँदा आखिर पढेर के हुन्छ बरु छोरालाई विदेश पठाइए म ऋण हाली दिन्छु भनेर कैयौं पटक बुबालाई फर्काइ को कुरा नदेखेको पनि होइन।

त्यतिबेला मेरो मनमा अनेक प्रश्नहरु को हुन् गुञ्जयमान हुन्थ्यो आखिर पढेर के के नै रहेछ र? मलाई त्यतिबेला याद भयो कि मैले यति दुःख गरेर पढेर पाएको सर्टिफिकेटले आखिर विदेश नै खोजिरहेको रहेछ । बुबाले मसँग भन्नुभयो अब त केही गर्नुपर्दछ सबैका छोराछोरीले प्रगति गरिसके भन्दै यस्तै बुवा केही भन्दै हुनुहुन्थ्यो।

सोचेँ , हुन पनि आफ्ना छोराछोरीको प्रगति हेर्ने इच्छा कुन आमाबाबुलाई हुँदैन र? यो सबै प्रगतिका लागि आमाबुबाले कति संघर्ष गर्नुभएको छ म त्यो सोच्न का लागि मेरो क्षमताले भ्याउने अवस्था पनि थिएन। म कैयौं पटक बुबा आमालाई सम्झाउँदै भन्ने गर्दथे पर्खनुस् न प्रयास त गरि राखेकै छु एक दिन त अवस्य सफल हुन्छु नि भन्दै सान्तोना निरन्तरण दिइरहन्थे।

सिजन चुनावको चलिरहेको माहोल चुनावको बनिरहेको हरेक वर्ष कति युवा युवतिहरु रोजगारविहीन छन् त्यसको लेखाजोखा आखिर कहाँ भैरहेको छ? चुनाव आएपछि ती युवालाई रोजगारी दिन्छौं भन्ने प्रलोभनमा छ पाइएका ति घोषणापत्र र ती झन्डा आखिर कहाँ गए त।

चुनावमा भोट पाउनका लागि अनेकौं तामझाम गरिए घरघरमा आउने ती नेता चुनावको भोलिपल्टबाट हामीलाई चिन्न पनि चिन्दैनन्। नेताहरु भन्ने गर्दछन् कि युवाहरूको भविष्य बनाउने जिम्मा हाम्रो हातमा छ भनी ठूलाठूला धोक्रे भाषण गर्ने नेताहरु खै कता छन्। आजका युबायुबतीको जीवन बनाइदिने अनेक प्रलोभनमा प्रलोभन देखाइएका नेताहरु आज आफ्नो जिन्दगी बनाउँदै छन् होला।

आजका युवायुवतिको भविष्य के ? बिदेशिनु हो त ? किन बुझ्दैनन् हाम्रो समाज?  खै कसले दिन्छ त हाम्रो समस्या? अहिलेको समयमा समाजले विदेशिने कुरालाई सामाजिक र आर्थिक हैसियत ग जोडेको छ आजको युवायुवतीको सोच विदेशीमा बढी रुचि देखिन्छ तर राजनीतितर्फ देखिँदैन।

हाम्रो समाज यति भ्रमित भइरहेको छ जहाँ पैसाले नै सबैथोक गर्दछ भन्ने मानसिकता एकदमै बढिरहेको छ। एउटा सामान्य परिवारमा त पैसा कमाउने र कमाउने बीच हेरिने दृष्टिकोण बदलिन्छ अरु झन के कुरा गर्नु।

हाम्रो समाजमा यही कुरा बढी चर्चामा आउने गर्दछ कि फलानाको छोरो त्यो ठाउँ गयो , त्यति पैसा कमायो , त्यो ठाउँमा घरमा , घडेरी जोडयो आदि ईत्यादी कुराले उसको मानसपटलमा यति असर पारेको छ कि त्यसैले आजका युवा युवती विदेसिन बाध्य भएका छन् ।

दिनप्रतिदिन बढ्दै गहिरहेको विदेशी मुद्रा प्रतीकको आर्कषण ले र वैदेशिक रोजगारी प्रति रुची बढाउने युवायुवतीको संख्या ह्वातत्तै बढ्दै गहिरहेको छ। त्यसैले त होला प्रत्येक दिन चौध सयको हाराहारीमा विदेश जानेको लर्को लागिरहेको छ ‘ मैले आजका युवाको भविष्य बिदेशिनु मात्र नभएर स्वदेशमै केही गर्ने रहरहरु हुँदाहुँदै पनि बाध्य भएर परदेशिनु पर्दो रहेछ । लौ हजुर, म त परदेश लागे है , हजुर नजाने ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *