यी ६ बानीले बिग्रिन्छ दाम्पत्य जीवन, आजै त्याग्नुहोस्
काठमाडौं । विवाहलाई भाग्य र जन्मको सम्बन्ध मानिन्छ। विवाहले दुई व्यक्ति र उनीहरूको परिवारको जीवनलाई बाध्ने बन्धन हो । परिवारका सदस्यहरूले आफ्नो सन्तानको सम्बन्ध जीवनभर रहोस् भन्ने आशामा धूमधाम सहित विभिन्न उपहारका साथमा विवाह गर्ने गर्दछन् ।
जब बिहेपछि दुईजना सँगै बस्न थाल्छन्, तब उनीहरुको बानी, रुची र कुराहरु एकअर्काभन्दा फरक हुन्छन् । प्राय दम्पतीहरू साना–साना कुरा र बानीका कारण एकअर्कासँग रिसाउँछन्।
फरक घर फरक परिवेशबाट आएर एक भएको हुँदा उनीहरुलाई एक अर्काकालाई बुझ्न केही समय लाग्ने गर्दछ । कहिलेकाहीँ एक अर्कालाई समयमा नै बुझ्न नसक्दा सम्बन्धमा खट्पट् पनि आउने गर्दछ । दम्पतीको केही बानीले दाम्पत्य जीवन बिगार्छ । त्यसैले समयमा नै एक अर्काको बानी बुझ्न जरुरी छ ।
आफ्नो सुधार्नु पर्ने बानीलाई पनि समयमै सुधार्न जरुरी हुन्छ । आउनुहोस् जानौं ती बानीहरू जुन परिर्वतन नगर्दा सम्बन्ध बिग्रन्छ र दाम्पत्य जीवन सकिन समय लाग्दैंन ।
पार्टनरको सधैं आलोचना गर्ने:
प्रायः सम्बन्धमा, पार्टनरहरूले हरेक सानो कुराको लागि आफ्नो पार्टनरको आलोचना गर्छन्। उनीहरुलाई लाग्छ की पार्टनरको बानी उनीहरुले चाहेअनुसारको हुनुपर्छ । जसका कारण उनीहरु अफ्नो पार्टनरलाई यो भएन त्यो भएन भनेर आलोचना गरिरहन्छन् । यदि पार्टनरले कहिलेकाहीँ तपाईलाई मन नपर्ने बानी प्रस्तुत गर्छ भने त्यसलाई बेवास्ता गर्न सकिन्छ वा त्यो बानीका विषयमा नम्रताका साथमा छलफल गर्न सकिन्छ । यदि सधै आलोचनमा मात्र गरिरहने हो भने दाम्पत्य जीवन बिग्रन समय लाग्दैन । त्यसैले पार्टनरको जहिले पनि आलोचना गर्ने बानी त्याग्नु पर्दछ ।
अरूसँग तुलना नगर्ने :
आफ्नो पार्टनरले आफूलाई अरूसँग तुलना गरेको कसैलाई मन पर्दैन। तर अक्सर यस्तो हुन्छ कि आफ्नो पार्टनरलाई आफ्नो साथी वा अरु केही सँग तुलना गर्छन्। दाजुभाइ र बहिनीको साथी वा नातेदारसँग पनि तुलना गरिरहन्छ। उनीहरु आफ्नो पार्टनरलाई लगातार अरुसँग समान रुपमा तुलना गर्न रुचाउँदैनन् । तपाईंको पार्टनरलाई तपाईंले मन पराउनु हुन्न जस्तो लाग्न सक्छ। यसरी पनि सम्बन्ध बिग्रिन सक्छ ।
पार्टनरसँग कुरा नगर्ने:
कुनै पनि दम्पती बीचको कुराकानी हुनु महत्त्वपूर्ण हुन्छ । तपाईं जतिसुकै रिजर्भ टाइपको हुनुहोस्, तर यदि तपाईं आफ्नो पार्टनरसँग आफ्नो मनको कुरा खुलेर कुरा गर्न सक्नु हुन्न भने सम्बन्ध अगाडी बढाउन मुस्कील पर्न सक्छ । आफुलाई मनमा लागेको कुरा वा भावनालाई आफ्नो पार्टनर संग व्यक्त गर्नुहोस् । यदि तपाईले आफ्नो भावना वा कुरा व्यक्त गर्न सक्नु भएन भने तपाईको पार्टनरले तपाई बुझ्न गाह्रो पर्छ ।
पार्टनरलाई सबैको अगाडि लज्जित पार्नु :
कहिलेकाहीँ मानिसहरुको बानी हुन्छ कि उनीहरु आफ्नो पार्टनरको मजाक उडाउँछन् । प्रायः तिनीहरू आफ्ना साथीहरू, परिवार वा नातेदारहरूको अगाडि ठट्टामा आफ्नो पार्टनरलाई लाजमा पार्छन्। तपाईलाई ध्यान नहुन सक्छ तपाईको यो बानीले तपाईको पार्टनरलाई नराम्रो लाग्न सक्छ । यो कारण पनि सम्बन्धमा तिक्तता उत्पन्न हुन्छ ।
पार्टनरको परिवारलाई नराम्रो सोच्नु वा भन्नु :
यदि तपाईंले तपाईको श्रीमान वा श्रीमती को परिवारको बारेमा नराम्रो कुरा गर्नुभयो भने यसले उनलाई नराम्रो महसुस गराउन सक्छ। आफ्नो परिवारको बारेमा नराम्रो कुरा सुन्न कसैलाई मन पर्दैन। यस्तो अवस्थामा यदि तपाईंले तपाईको पार्टनरको आमा, बुबा वा दाजुभाइको बारेमा बोल्नु भएको नराम्रा शब्दहरुले तपाईंको वैवाहिक सम्बन्धमा पनि नराम्रो प्रभाव पार्न सक्छ।
बाचा तोड्नु: यदि तपाईंले आफ्नो पार्टनरसँग कुनै बाचा गर्नुभएको छ तरपछि बिर्सीएर त्यो कुरा तोड्नु भयो भने, तपाई पार्टनरलाई यो कुराले रिस उठ्न सक्छ। कहिले काहि भनेको कुरा पुरा नगर्दा त तपाईको पार्टनरले अवस्थालाई बुझेर तपाईलाई संग नरिसाउनु होला । यदि सधैं सधैं पार्टनर संग झुट बोल्ने वा झुक्याउने गर्नु भयो भने तपाइँको कुरामा विश्वास हराएर जान्छ । त्यस कारण सम्बन्ध बिग्रिन सक्छ।
Facebook Comment