फिलिपिन्सकी सुन्दरी बनिन् मिस युनिभर्स, नेपाल ‘टप १०’ मै सिमित
बैंकक । मिस वल्र्डमा टप १२ मा पुगेको नेपाल मिस युनिभर्स २०१८ को प्रतिस्पर्धामा टप १० मा सिमित भएको छ । सोमबार थाइल्याण्डकको बैंककमा भएको फाइनलमा नेपाली प्रतिस्पर्धी मनिता देवकोटा टप १० पुग्दै प्रतिस्पर्धाबाट बाहिरिएकि हुन् ।
मिस युनिभर्स २०१८ भने फिलिपिन्सकी क्याट्रिओना ग्रेले बनिन् । थाइल्याण्डकको बैंककमा सोमबार भएको फाइनल प्रतिस्पर्धामा २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज जितेकी हुन् ।
फस्ट रनरअप दक्षिण अफ्रिका र सेकेन्ड रनरअप भेनेजुयलाका सुन्दरीहरु भए । मिस युनिभर्सको ताज जित्ने क्याट्रिओना फिलिपिन्सको चौथो सुन्दरी हुन् । फिलिपिन्सले सन् २०१५, १९७३ र १९६९ मा पनि जितेको थियो ।
अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट पाँच छनौट गरी १५ जना र पाँचजना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो ।
Facebook Comment