दुई वर्षपछि भौतिक रुपमा एसईईमा सहभागी विद्यार्थी (फोटोफिचर)

काठमाडाैं। माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बाट देशभर एकसाथ सञ्चालन भएकाे छ। पहिलाे दिन आज अनिर्वाय अंग्रेजी विषयकाे परीक्षा भयाे। परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ।
राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन्। जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन्।
बाेर्डले एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र ताेकेकाे छ। विद्यार्थीहरुले ती परीक्षा केन्द्रमार्फत परीक्षा दिनेछन्।
बोर्डले परीक्षालाई व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरिसकेकाे छ। एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने छन्।
काेभिड-१९ महामारीका कारण अघिल्ला दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेको थियाे।
Facebook Comment