हुम्लामा एक हजार बढी विद्यार्थी एसईई परीक्षामा सामेल

डिसी नेपाल
९ वैशाख २०७९ २२:२२

सिमकोट ।हिमाली जिल्ला हुम्लामा माध्यामिक शिक्षा (एसईई) परीक्षामा १ हजार बढी विद्यार्थी सहभागी भएका छन् ।

देशैभर सन्चालन भएको माध्यामिक शिक्षा (एसइई) परीक्षाको पहिलो दिन हुम्लाका छ वटै परिक्षा केन्द्रहरु बाट १ सय १ कोर्ड नम्वरको अनिवार्य अंग्रेजी विषयको परीक्षा सन्चालन भएको हो ।

शुक्रबार विहान ८ बजेदेखि सन्चालन भएको परीक्षाका लागि एक हजार एक सय चौसठी जना विद्यार्थीहरुले फोर्म भरेको भए पनि एक हजार असी जना मात्रै परीक्षामा सामेल भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तिलक भटराईले बताए ।

जिल्लाका छ वटा परीक्षा केन्द्र मध्ये सिमकोटमा रहेको बालमन्दिर माविमा नियमित तर्फका एक सय छात्रा एक सय उनाातिस छात्र, ग्रडविृद्धि तर्फ दुइजना छात्रा एक जना छात्र रहेका छन् भने सिमकोटकै अर्को विद्लयालय मानसरोवर मावि परीक्षा केन्द्रमा नियमित तर्फ एक सय एक छात्रा अन्ठानब्बे जना छात्र, ग्रेडवद्धि तर्फ दुईजना छात्र र दुईजना छात्रा, हिमज्योति मावि सर्केगाड परीक्षा केन्द्रमा नियमित तर्फ एक सय त्याइस जना छात्रा एक सय पचास जना छात्र, ग्रेडवृद्धि तर्फ दुई जना छात्राले सहभागिता जनाएका थिए ।

त्यस्तै सुर्योदय मावि श्रीनगर परीक्षा केन्द्रमा नियमित तर्फका ६९ जना छात्रा ५० जना छात्रहरु परीक्षामा सामेल भएका हुन् । त्यसै गरि मदानादेव मावि ताँजकोट परिक्षा केन्द्रमा नियमित तर्फ ८२ जना छात्रा १ सय जना छात्रा, ग्रेडवृद्धि तर्फ दुईजना छात्र एकजना छात्रा रहेका छन भने कोटमावि रोडिकोट सर्केगाड परीक्षा केन्द्रमा नियमित तर्फ ६८ जना छात्रा ६३ जना छात्र र ग्रेडवृद्धि तर्फ एकजना छात्रले परीक्षा दिएका हुन् ।

त्यस्तै नियमित तर्फका ५ सय ४३ छात्रा ५ सय ९० जना छात्रहरूले परीक्षा फोम भरेका थिए भने ग्रेडवृद्धि (आंसिक) का लागि छजना छात्रा र सात जना छात्र पनि उक्त परिक्षामा सामेल भएका छन् । पहिलो दिन सन्चालन भएको अग्रेजि विषयको परीक्षामा हुम्लाका छवटै परीक्षा केन्द्रहरुमा नियमित तर्फ २६ जना छात्रा ३१ जना छात्र र ग्रेड वृद्धि तर्फ चारजना छात्रा सातजना छात्रहरुले अनुपस्थित जनाएका थिए ।

शुक्रबारदेखि छवटै परिक्षा केन्द्रमा शान्तपूर्वक परीक्षा सन्चालन भएको प्रमुख भटराईको भनाइ छ । गत दुई वर्षदेखि कोभिड १९ का कारण परिक्षा दिन नपाएका विद्यार्थीहरुले यो वर्ष भने प्रत्यक्ष रुपमा परीक्षा केन्द्रमा सहभागिता जनाएर परीक्षा दिन पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *