रसुवामा दुईजनाको मात्र उम्मेदवारी दर्ता

डिसी नेपाल
११ वैशाख २०७९ १७:२१

रसुवा । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा आइतबार दुईजनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पहिलो दिन आज (आइतबार) कालिका गाउँपालिकामा दुईजनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले कालिका गाउँपालिकाको पदको लागि रामकृष्ण न्यौपाने र वडा नम्बर ३ मा खुला सदस्यका लागि नवराज आचार्यको मात्र मनोनयन दर्ता भएको छ ।

जिल्लाका प्रमुख दलहरूले सोमबार मात्रै उम्मेदवारी दर्ता गर्ने बताएका छन् । जिल्लामा हालसम्म नेकपा एमालेले पाँचवटै गाउँपालिकाको सबै पदमा उम्मेदवार टुंगो लगाइसकेको छ ।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले उम्मेदवार टुंग्याएको भए पनि गठबन्धनको कारण नाम सार्वजनिक गरेको छैन । नेपाली कांग्रेसले अझै पनि उम्मेदवारको टुंग्याउन सकेको छैन ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आइतबारबाट सुरु भएको उम्मेदवार मनोनयन दर्ता सोमबारसम्म चल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *