जनकपुर उपमहानगरमा प्रमुखका लागि ८ जनाको उम्मेदवारी, १२७ जनाले गराए उम्मेदवारी दर्ता

डिसी नेपाल
११ वैशाख २०७९ १८:३९

जनकपुरधाम । आगामी स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका लागि पहिलो दिन ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी मनोनयनको पहिलो दिन साँझ ५ बजेसम्म नगरप्रमुखमा ७ जनालगायत कूल १२७ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

उनका अनुसार पहिलो दिन साना दुई राजनीतिक दल र स्वतन्त्र गरी ८ जनाको मेयर पदमा उम्मेदवारी परेको हो । त्यस्तै उपमेयर पदमा ३ जनाको उम्मेदवारी परेको उनले जानकारी दिए ।

जनकपुरधामको नगरप्रमुखमा पहिलो दिन जनमत पार्टीबाट अनिता देवी साह र नेकपा मालेबाट गीता कुमारी मण्डलको उम्मेदवारी परेको छ । त्यस्तै, स्वतन्त्रबाट श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिर कुमार महतोको उम्मेदवारी परेको उनले जानकारी दिए ।

त्यस्तै, उपप्रमुखमा जनमत पार्टीबाट संतोष कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् भने कुमारी बनिता यादव र उमेश चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । बाँकी ११६ जनाले वडाध्यक्ष र वडासदस्यमा मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए । उम्मेदवारीबारे विस्तृत जानकारी केहीबेरमा जानकारी दिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *