अमरगढीमा वडाध्यक्षका लागि दुई जनाको स्वतन्त्र उम्मेदवारी दर्ता
डडेल्धुरा ।डडेल्धुराको अमरगढी नगरपालिका–१ को वडाध्यक्षका लागि सुरत तमोलीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर तमोलीले वडाअध्यक्ष पदमा स्वतन्त्र मनोनयन दर्ता गराएका हुन् । २२ वर्षीय तमोली विगत लामो समयदेखि विभिन्न अभियान सञ्चालन गरिरहेका छन्।
उनले अमरगढी १ बाट निकै राम्रो मत पाएर जित्ने दाबी गरेका छन्। यस्तै पदम रोकायाले पनि अमगढी– ९ को अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
प्रतिक्रिया
Facebook Comment