रिलका जोडी, जुन बने रियल जोडी
काठमाडौं । फिल्ममा जोडी बनेर काम गरेका प्राय: कलाकारको नाम एक-अर्कासँग जोडिने गर्छ । उनीहरु वास्तवमा नै प्रेममा छन् भन्ने हल्ला पनि बाहिर आइरहेको सुन्न पाइन्छ । तर, धेरैले यो कुरालाई मिथ्या सावित गरिदिन्छन् । उनीहरुको सम्बन्ध रिलमा मात्र सिमित हुन्छ ।
अहिले फिल्ममा सँगै काम गर्ने प्रदिप खड्का र जसिता गुरुङलाई प्रेममा रहेको बताइन्छ । तर उनीहरु यस कुरालाई नकार्दै आएका छन् । त्यस्तै पल शाह र आंचल शर्मालाई पनि प्रेममा रहेको बताइन्छ । तर उनीहरु पनि यो कुरा मान्न तयार छैनन् ।
यी त हल्लामा मात्र सिमित जोडी भए । आज हामी रिलमा मात्र सम्बन्ध सिमित भएका कलाकारको हैन्, रिलमा पनि र रियलमा पनि जोडी भएका केही फिल्म जोडीको चर्चा गर्दैछौं,
सुरु गरौं, नायक निखिल उप्रेती र नायिका संचिता लुइँटेलबाट । उनीहरुको जोडीलाई फिल्म क्षेत्रको सुहाउँदो जोडीका रुपमा हेरिन्छ । निखिल र संचिताले प्रेम बिबाह गरेका हुन् । उनीहरु दुबैको यो दोस्रो बिबाह हो । उनीहरु बिबाह गरेर मुम्बाई पुगे र त्यहीँ दुई बच्चा जन्माएर नेपाल फर्किएका थिए ।
निखिल र संचिताले धेरै फिल्ममा सँगै काम गरेका छन् । उनीहरुले माया त माया हो, दाग, मर्यादा, सम्झना, विजय पथ लगायत फिल्ममा स्कृन सेयर गरेका छन् । उनीहरुको जोडीलाई धेरै दर्शकले रुचाएका पनि थिए । तर बिडम्बना बिबाहपश्चात् उनीहरुले सँगै काम गर्ने अवसर पाएका छैनन् ।
फिल्म क्षेत्रको अर्को सुन्दर जोडी हो, मेलिना मानन्धर र मुकेश ढकालको। उनीहरुले पनि प्रेम बिबाह गरेका हुन् । उनीहरुले पनि धेरै फिल्ममा स्कृन सेयर गरेका छन्। पर्दामा रुचाइएको यो जोडीले पर्खिराख है, कसैको माया कसैको पछ्यैरी, हलचल लगायतका फिल्ममा सँगै काम गरेका छन् । तर अहिले मेलिना र मुकेश दुबै फिल्म क्षेत्रबाट टाढा छन् ।
फिल्मले नै जुराएको अर्को जोडी हो, श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्काको । उनीहरुले दुई फिल्ममा सँगै काम गरे। स्वेताले डेब्यु फिल्म कहाँ भेटिएलामा उनले श्रीकृष्णसँग जोडी बाँधेकी थिइन् ।
श्रीकृष्ण र स्वेताले दोस्रो पटक फिल्म कोहिनुरमा काम गरे । कोहिनुरमा काम गर्दै गर्दा उनीहरुले प्रेम बिबाह गरे । तर बिडम्बना, बिबाह भएको एक महिना नबित्दै श्रीकृष्णको निधन भयो । अहिले स्वेता पुनस् फिल्म क्षेत्रमा व्यस्त छिन् । उनी फिल्मसँगै सामाजिक कार्यमा पनि लागिरहेकी छिन् ।
अहिले फिल्म क्षेत्रमा चर्चामा रहेको अर्को जोडी हो, प्रियंका र आयुष्मानको। उनीहरु बिबाहित भइसकेका छैनन् । तर उनीहरुले इन्गेजमेन्ट गरिसकेका छन् । उनीहरुको जोडी फिल्म ‘कथा काठमाडौं’ले जुराइदिएको थियो ।
फिल्म ‘कथा काठमाडौं’मा सँगै काम गरेपछि उनीहरु एक-अर्काको प्रेममा पारेका थिए । उनीहरुले ‘चङ्गा चेट’मा पनि सँगै काम गरिसकेका छन्। अहिले उनीहरुको जोडी फिल्म ‘प्रेम दिवस’को छायांकनमा व्यस्त छन् ।
सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को जोडी पनि कलाकारिताले नै जुराइदिएको हो । उनीहरुले मेरी बास्सैमा सँगै काम गरेका थिए । त्यहीँबाट प्रेममा पारेका उनीहरु रिलमा मात्र नभएर रियलमा पनि जोडी बने । सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर यो जोडीको एक छोरी छिन् । धुर्मुस र सुन्तली अहिले फिल्म निर्माणमा पनि तम्सिएका छन् ।
Facebook Comment