गोलबजार नगरपालिकामा मुख्य पार्टीका पुरानै उम्मेदवार
सिरहा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गोलबजार नगरपालिकामा पुरानै अनुहार उम्मेदवार बनेका छन् ।
माओवादी केन्द्रले आगामी निर्वाचनमा पनि निवर्तमान नगर प्रमुख देवनाथ साह र उपमेयर रेशम कुमारी थापालाई नै दोहर्याएको छ । पार्टीले १३ वटै वडामा उम्मेद्वारी दिएको छ। नेकपा माओवादी केन्द्रले यस पालिकामा नगर प्रमुख , उप प्रमुख सहित ९ वटा वडा अध्यक्ष जितेको थिए।
यता नेकपा माओवादीकै प्रदेश सदस्य रामचन्द्र महतोले ८ वटा वडा सहित मेयर र उप मेयर पदमा पार्टीको वागी उमेदवार ९स्वतन्त्र ०बाट उम्मेद्बारी दर्ता गराएका छ्न् ।
नेकपा एमालेको तर्फबाट मेयर पदमा श्याम श्रेष्ठ र उपमेयरमा मानती साहले उम्मेद्वारी दिएका छन् । नेकपा एमालेले पनि सवै वडामा उम्मेद्वारी दिएको छ। श्रेष्ठले ७४ को निर्वाचनमा पनि उम्मेद्वारी दिएका थिए । उनी मेयर पदका निकटतम प्रतिद्वन्द्वी रहेका थिए ।
नेपाली कांग्रेसको तर्फबाट राजदेव साह लालबावु मेयर र उपमेयरमा शान्ति सदाले मनोनयन दर्ता गराएका छन् । तीनवटै पार्टीले सवै वडाहरुमा उम्मेद्वारी दिएका छन्। साहले पनि ७४ मा कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएका थिए ।
जनता समाजवादी पार्टी तर्फबाट मनोज सिंह मेयर र शिला देवी यादवले उपमेयरमा उम्मेद्वारी दिएका छन् ।
नेकपा एकीकृत समाजवादीबाट धर्मनाथ महतोले मेयर र गोमा कुमारी लम्साल उपमेयरको उम्मेदवारी दिएका छन् ।
Facebook Comment