भ्रष्टाचारमुक्त बर्दिबास मेरो पहिलो प्राथमिकताः राजु खड्का, मेयरका प्रत्यासी
महोत्तरी ।बर्दिबास नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदका लागि उम्मेदवारी दिएका राजु खड्काले भ्रष्टाचारमुक्त बर्दिबास पहिलो प्राथमिकता भएको बताएका छन् । आइतबार वडा नम्बर ५ मा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमुक्त बर्दिबास निर्माणका लागि आफूले जित्नु पर्ने बताए ।
उनले अघिल्लो सरकारले गरेका सकारात्मक, नकारात्मक कामको समीक्षा गर्दै सबै सुविधासम्पन्न बर्दिबास बनाउन स्थानीय सरकारमा आफू आउनु पर्ने जिकिर गरे । भूमिहीन, अव्यवस्थित र सुकुम्बासीको समस्या सावधानको लागि लालपुर्जा वितरण अन्तिम प्रक्रिया मात्र बाँकी रहेको उनले बताए । उनले भने, ‘अहिले आचारसंहिताका कारण वितरण गर्न सकिएन यो संघ र प्रदेशको निर्वाचन अगाडि नै वितरण गर्छौ ।’
स्थानीय स्रोत साधनको दोहन गरी विकासको नारा लगाउने केही व्यक्तिले उम्मेदवार बनेर भ्रम छरिरहेको बताउँदै मेयरका प्रत्यासी खड्काले उनीहरूले दिने सहानुभूति र भ्रमबट मुक्त बन्न पनि आग्रह गरे ।
Facebook Comment