समयभन्दा धेरै सुत्नु हुन्छ ? लाग्न सक्छ यस्ता गम्भिर बिरामी

डिसी नेपाल
२१ वैशाख २०७९ ९:३७

काठमाडौं । सबैलाई थाहा छ जसरी तपाईको शरीरको लागि खाना आवश्यक हुन्छ, त्यसरी नै कम्तीमा ७–८ घण्टा सुत्नु पनि आवश्यक हुन्छ। तर कतिपय मानिसहरु आवश्यकताभन्दा बढी नै निदाउने गर्दछन् । यसो गर्दा तपाईलाई धेरै प्रकारका रोगहरुले निम्तो पनि दिन सक्छ । धेरै सुत्दा तौल बढ्नेदेखि तनावसम्मको समस्या हुन सक्छ । विज्ञहरूका अनुसार जो मानिसले ओछ्यानमा धेरै समय बिताउँछ उसलाई थुप्रै समस्याहरू आउन सक्ने बताउँछन् ।

वजन बढ्न सक्छ– २४ घण्टामा कम्तिमा १२ देखि १५ घण्टा सुत्ने यस्ता व्यक्तिहरु होसियार हुनुहोस्। किनकि त्यसो गर्दा तपाईको तौल पनि बढ्न सक्छ । वास्तवमा, जब तपाईं सुत्नुहुन्छ। तपाईंको शरीरले क्यालोरीहरू नष्ट हुने गर्दछ । यस अवधिमा शरीरले कुनै पनि शारीरिक काम गर्दैन। यसले तौल बढ्ने सम्भावना बढाउँछ, जसका कारण तपाई मोटोपनको सिकार पनि बन्न सक्नुहुन्छ ।

मधुमेह– हामीले खाएका खानेकुराहरूमा हुने गुलियोलाई, सुतेको बेलामा शरीरले पचाउने काम गर्दछ। शरीरको यो क्षमतालाई ‘ग्लुकोज टोलरेन्स’भनिन्छ। यदि हामी साधारण समयभन्दा कमि अथवा बढि सुतेमा, शरीरको यो क्षमता अनियन्त्रीत हुन थाल्दछ र पर्याप्ता मात्रा गुलियो पदार्थलाई पचाउन असमर्थ हुन्छ। जसले गर्दा शरीरमा चिनीको मात्रा बढी भइ मधुमेह हुने गर्दछ ।

तनाव बढ्छ– तपाईको दिमागले धेरै सुत्दा कुनै पनि काम गर्दैन । यस्तो अवस्थामा तनाव बढ्ने खतरा हुन्छ । विशेष गरी दिनमा धेरै सुत्नु स्वास्थ्यका लागि खतरनाक हुन सक्छ। साथै, अत्याधिक सुताईले माइग्रेन तथा चिन्ता रोगमा तीब्रता हुने पनि सो अनुसन्धानबाट पत्ता लगाएको छ ।

यस्ता रोग हुन सक्छन्– धेरै सुत्ने मानिसहरुमा टाइप–२ मधुमेहको समस्याले पनि सताउन सक्छ । साथै, हृदयघातको जोखिम पनि बढ्न सक्छ। त्यस्ता मानिसहरुलाई कब्जियत, ढाड दुख्न जस्ता समस्याले सताउन सक्छ ।

प्रजननशक्तिमा जोखिम– ७–८ घण्टा सुत्ने महिलाहरूको प्रजनन शक्ति ५३ प्रतिशत र ५–६ घण्टा सुत्ने महिलाहरू ४६ प्रतिशत वा ९–१० घण्टा सुत्ने महिलाहरूको ४३ प्रतिशतभन्दा बढि रहेको एक अनुसन्धान बताएको छ । त्यसैले साधारण समयभन्दा घटि अथवा बढि सुत्दा महिलाहरूको हरमोनमा प्रत्यक्ष नकारात्मक असर पर्ने कुरा उक्त खोजबाट थाहा पाउन सकिन्छ।

धेरै सुत्ने बानीलाई यसरी हटाउनुहोस् :

यदि तपाईँको धेरै सुत्ने बानी छ भने त्यसलाई हटाउने एउटै उपाय भनेको ‘कम सुत्ने’ नै हो। तर कसरीरु एकैदिनमा यो सम्भव छैन, समय लाग्न सक्छ। तर तपाईँको मुटु अनि शरीरको स्वास्थ्यको कुरा छ, जति समय लागेपनि त्यो बानीलाई हटाइहाल्नु उचित हुन्छ।

–आवश्यक पर्ने निन्द्राको समयको मूल्याङ्कन गर्नुहोस्। तर ८ घण्टाभन्दा बढि नहोस्।

–उठ्ने समयलाई निर्धारण गर्नुहोस्। कार्यालयको समय अथवा परिवारको चाहनाअनुसार आफ्नो उठ्ने समयलाई निर्धारण गर्न सकिन्छ।

–हरेक दिन एउटै समयमा उठ्ने बानी गर्नुहोस्। बिदाको दिन होस् या कामको दिन, त्यही समयमा उठ्नुहोस्।

–कोठामा आलरम घडी राख्नुहोस्। जब आलरम बज्छ, उठिहाल्नुहोस्। सकेसम्म घडीलाई सुतेको ठाउँबाट टाढै राख्नुहोस्।

–हरेक रात एउटै समयमा सुत्ने गर्नुहोस्।

–यहि तालिकालाई दृढ भएर कम्तीमा पनि २ हप्ता पालना गर्नुहोस्। अनि आफैले फरक पाउन सक्नुहुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *