अण्डाले अनुहारमा ल्याउँछ चमक, यस्ता छन् प्रयोग गर्ने विधि

डिसी नेपाल
२२ वैशाख २०७९ ११:०७

काठमाडौं । सुन्दर अनुहार कसलाई मन पर्दैन होला र ? सबैले आफ्नो अनुहार सफा चम्किलो होस् भन्ने चाहन्छन् तर बदलिँदो जीवनशैली र प्रदुषणका कारण अनुहारमा अनेक किसिमका समस्या देखिने गर्छन् । यही वतावरणले गर्दा अनुहारमा विभिन्न किसिमको दाग घब्वा आउने गर्दछ । यस्तो अवस्थामा धेरैजसो मानिसले आफ्नो अनुहारलाई दागरहित बनाउन विभिन्न उपाय अपनाउने गर्छन् । बजारमा पाइने विभिन्न प्रकारका रासायनिक औषधीजन्य क्रिमको पनि प्रयोग गर्ने गर्दछन् ।

यति मात्र होइन, अनुहारमा चमक ल्याउन धेरैजसो मानिसहरुले अनेक उपाय अपनाउने गर्छन् । कहिले काँही हाम्रो वरपर भएको साना साना चिजले पनि हाम्रो अनुहारमा भएको दाग कालोपनलाई हटाउने गर्दछ । त्यस्तै हाम्रो घरमा सजिलै पाइने अण्डाले पनि तपाईको अनुहारलाई चम्किलो बनाउने गर्दछ । अण्डाले कसरी अनुहारमा चमक ल्याउन सक्छ भन्ने सोचिरहनुभएको होला । आउनुहोस् आज हामी तपाईलाई अनुहार सफा र चम्किलो बनाउनका लागि अण्डाको प्रयोग कसरी गर्ने भनेर बताउँछौं।

अनुहारमा अण्डा कसरी लगाउने ?

-सबैभन्द पहिले एउटा अण्डा र एउटा सानो गहिरो प्रकारको कचौरा लिनुहोस् । उक्त कचौरामा अण्डालाई फुटाएर लगाउनुहोस् । त्यसपछि यसलाई चम्चाले राम्ररी घोल्नुहोस्। अण्डाको सेतो र पहेलो भाग राम्रो संग मिक्स हुने गरि फिट्नु पर्दछ । यसरी फिटेको अण्डालाई कचौरामा केही बेर राखेपछि अनुहारमा लगाउनुहोस्। केही समय अनुहारमा राखेपछि पानीले धुनुहोस् । यसो गर्नाले तपाई आफैंले तपाईको अनुहार चम्किलो भएको महसुस गर्नुहुनेछ। तर, अनुहारमा लगाएपछि गन्ध अवश्य आउन सक्छ । यस्तो अवस्थाबाट बच्न अण्डाको पहेँलो भाग हटाउन पनि सकिन्छ ।

–अण्डाको सेतो भागलाई मात्र छुट्याउनुहोस् । यसरी छुट्याएको अण्डामा थोरै बेसार र गुलाब जल राखेर राम्रो संग फिट्नुहोस् । यो बनेको लेपलाई अनुहारमा घाँटीमा राम्रो संग लगाउनुहोस् । १५ देखि २० मिनेट अनुहारमा लगाएको फेस प्याकालाई यसै छाडी दिनुहोस् र पछि मनतातो पानीले धुनुहोस् । यो प्रक्रिया हप्तामा दुई पटक गर्नुहोस् । यसले तपाईको अनुहारमा भएको कालो दाग वा घामले ढडेको छालालाई हटाउने काम गर्दछ ।

अनुहारमा अण्डा लगाउँदा हुने फाइदाहरु:
अनुहारमा अण्डा लगाउनाले छालालाई टाइट बनाउँछ ।
अनुहारमा चमक ल्याउनुका साथै दाग, ब्ल्याकहेड्स पनि हटाउँछ ।
अण्डाको फेसप्याकले चाउरीपना हटाउन पनि निकै फाइदाजनक हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *