लमजुङमा ७० प्रतिशत मत खस्यो

लमजुङ । लमजुङमा ७० प्रतिशत मत खसेको छ । बिहान ७ बजेबाट साँझ ५ बजेसम्म ७० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।
जिल्लाको आठ वटै स्थानीय तहमा ७० प्रतिशत मत खसेको खनालको भनाई छ । क्व्होलासोंथर गाउँपालिका–९ को बुद्धोदय मावि मतदान केन्द्रमा करिब ३ घण्टा मतदान अवरुद्ध भएको थियो ।
उक्त स्थानमा ६ बजेसम्मको लागि मतदान केन्द्रभित्र प्रवेशका लागि समय थप गरिएको थियो । राइनास नगरपालिका–८ को हर्राबोटस्थित रुद्र मावि मतदान केन्द्रमा आधा घण्टा जति मतदान अवरुद्ध भएको थियो र १५ मिनेट थप गरिएर सवा ५ बजेसम्म मतदान गर्न दिइएको थियो ।
त्यस्तै लमजुङको दूधपोखरी गाउँपालिका ४ को सानोकाभ्रे मावि केन्द्रमा आधा घण्टा जति मतदान अवरुद्ध भएकोमा समयमै सकिएको छ । बेंसीसहर नगरपालिका ११, चितिको मतदानस्थल बाहिर झगडा भए पनि यसले मतदान प्रक्रिया अवरुद्ध नपारेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
उनका अनुसार मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । लमजुङमा ४ नगरपालिका र गाउँपालिका छन् । १ सय २३ मतदानस्थलमा १ सय ८२ मतदान केन्द्र छन् । लमजुङमा शुक्रबार भएको मतदानमा लमजुङमा १ लाख ३१ हजार ४ सय ९४ मतदाता रहेका छन् ।
Facebook Comment