स्याङ्जाको फेदीखोला गाउँपालिकामा एमाले विजयी

स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का घनश्याम सुवेदी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतले पराजित गर्दै विजयी भएका हुन् ।
अध्यक्षमा निर्वाचित भएका सुवेदीले तीन हजार ८३६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका लक्ष्मीप्रसाद बरालले तीन हजार ७०४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ विजयी भएकी छिन् । उनले माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई एक हजार ५९९ मतले पछाडि पार्दै उपाध्यक्षमा विजयी भएकी हुन् ।
एमालेकी देउकुमारी गुरुङले तीन हजार ९७८ मत प्राप्त गरेकी छन् भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद सुवेदीले दुई हजार ३७९ मत प्राप्त गरेका छन् । फेदीखोला गाउँपालिकामा १२ हजार १६५ जना मतदाता रहेकोमा आठ हजार १३९ जनाले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा विजयी भएका सुवेदी यसपटक पुनः गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् ।
Facebook Comment