गोरखा नगरपालिका ८ मा तीन मतान्तरले माओवादी केन्द्र विजयी

गोरखा । गोरखा नगरपालिका वडा नम्बर ८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ऋषिराम खत्री विजयी भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार कृष्णबहादुर केसीलाई ३ मत अन्तरले पराजित गर्दै खत्री वडाध्यक्ष निर्वाचित भएका हुन् । खत्रीले ७ सय २२ मत प्राप्त गर्दा कांग्रेसका केसीले ७ सय १९ मत प्राप्त गरे ।
४ वडा सदस्यमध्ये खुला २ सदस्य कांग्रेस र महिला र दलित महिला सदस्यमा माओवादी उम्मेदवार विजयी भएका छन् ।
प्रतिक्रिया
Facebook Comment