के अभिनेत्री सोनाक्षी सिन्हाको विवाह भइसक्यो ? सोनाक्षीलाई भाउजु भन्दैं सम्बोधन गर्ने को हुन !

डिसी नेपाल
५ पुष २०७५ ५:१६

मुम्बई । बलिउडमा अहिले विवाहको मौंसम चलिरहेको छ । हालैं प्रियंका चोपडा र दिपीका पादुकोणले विवाह गरेका छन । अन्य अभिनेत्रीहरुको पनि अहिले बलिउडमा विवाहको चर्चा चलिरहेको छ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको केही समय अघि फिल्म ‘ह्याप्पी फिर भाग जाएगी’ प्रदर्शन भएको थियो । अहिले तिनै सोनाक्षी सिन्हा उनको प्रेम सम्बन्धका कारण चर्चामा आएकी छिन् । सोनाक्षी सिन्हाको नाम यस अघिसम्म सलमान खानका भाई सोहेल खानकी श्रीमती सीमा खानका भाई बन्टी सचदेवासँग जोडेर खबरहरु आएका थिए ।

सोनाक्षी सिन्हा र बन्टी सचदेवाले आफूहरुको सम्बन्धबारेमा खुलेर केही नभने पनि धेरै जसो समय यी दुवैले सँगसँगै समय बिताउने गरेका थिए । तर केही दिन अघि यी दुवैबीच ब्रेकअप भएको खबर सार्वजनिक भएको थियो । हिले अभिनेत्री सोनाक्षी सिन्हाको नाम अभिनेता आदीत्य रोय कपूरका साथ जोडेर खबरहरु आइरहेका छन् ।

केही दिनअघि अभिनेत्री आलिया भट्टले करण जोहरको चर्चित शो ‘कफि विद् करण’ मा यस शो मा अभिनेत्री सोनाक्षी सिन्हा र आदित्य रोय कपूरलाई बोलाइनु पर्छ भनेकी थिइन् । अहिले फेरि अर्का अभिनेता वरुण धवनले सोनाक्षी सिन्हाको इन्स्टाग्रामको एक तस्बिरमा भाउजू भन्दै कमेन्ट गरेर सोनाक्षी र आदित्य एकअर्कालाई डेट गरिरहेकोतर्फ इशारा गरेका छन् सोनाक्षीले “चुप लाग” भनेर जवाफ गरेकी छिन् । एजेन्सी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *