घरमा यो समयमा कहिल्यै कुचो नलगाउनुहोस्

डिसी नेपाल
४ जेठ २०७९ १२:५४

काठमाडौं । घरमा सरसफाई राख्नु निकै जरुरी छ । तर वास्तुशास्त्रका अनुसार घर कुचो वा झाडु लगाउने विशेष समय हुन्छ । वास्तुमा कुचोको धेरै महत्व छ । कुचोलाई लक्ष्मीको प्रतीक मानिन्छ। यदी कुचोसँग जोडिएका केही कुराको ध्यान नराख्यो भने हाम्रो जीवनमा समस्या थपिन सक्छ। त्यसैले वास्तुशास्त्रका अनुसार कुचो सम्बन्धी यी कुरामा ध्यान दिनुहोस् ।

घर वा अफिसमा कुचोलाई काम सकियो भने त्यसलाई देखिरहने ठाउँमा नराख्नुहोस्। पुरै समय कुचो देखिरहनु अशुभ मानिन्छ। कयौँ पटक कुचो भाँचिदा पनि हामी त्यसको प्रयोग गछौँ। त्यो एकदमै गलत हो। यदी घर वा अफिसमा कुचो झाँचियो वा टुट्फुट भएमा त्यसलाई तुरुन्त परिवर्तन गर्नुहोस्। आज हामी तपाईलाई घर सफा गर्ने सही समय र तरिका बताइरहेका छौँ ।

घरमा कुचो लगाउने सही समय कुन हो ?:

घरमा कुचो लगाउने सही समयको बारेमा कुरा गर्दा वास्तुका अनुसार दिनभरमा दिनको ४ पटक लगाउन सकिन्छ । यसका साथै विहानको समय जसरी भएपनि कुचो लगाउनु होस् । यदि बेलुकाको समयमा कुचो लगाउन चहानुहुन्छ भने घाम ढल्केपछि भने कुचो नलाउनुहोस् । त्यसैले घाम डुब्नु अगाडी नै घरको सरसफाई गर्नुहोस् ।

कुचो राख्ने सहि ठाउँ कुन हो ? :
सही समयमा झाडू लगाउनुको साथसाथै यसलाई सही ठाउँमा राख्नु पनि महत्त्वपूर्ण हुन्छ । वास्तुका अनुसार कुचोलाई घरको पश्चिम दिशामा राख्नु पर्ने भनिएको छ । यदि तपाईंले यसलाई गलत दिशामा राख्नुभयो भने, घरमा नकारात्मक ऊर्जा फैलिन्छ।

–खुट्टालाई कुचोलाई लगाउनु हुँदैन । किन की कुचोलाई लक्ष्मीको दर्जा दिइएको हुन्छ । त्यसैले कुचोले खुट्टाले छुनु हुँदैन । झाडु सधैं सफा ठाउँमा राख्नुपर्छ। साथै कुचोलाई कहिल्यै पनि ठारो पारेर राख्नु हुँदैन । कुचोलाई सधैं भुइँमा सुताएर राख्नु वास्तुशास्त्र अनुसार ठीक मानिएको छ । तपाईंले कुचोलाई आफ्नो खुट्टाले छुनुभयो भने धनको देवी लक्ष्मी जी रिसाउँछिन् जसको कारणले तपाईंले धेरै समस्याहरूको सामना गर्नुपर्दछ। यस बाहेक तपाईले कुचोलाई नाग्नु पनि हुँदैन ।

–रातमा कहिल्यै कुचो नलगाउनुहोस् । वास्तुशास्त्रका अनुसार घरमा कुचो लगाउनका लागि दिनको चार बजेको समयलाई घर सफा गर्न शुभ मानिन्छ। तर रातको समय कुचो लगाउनु अशुभ मानिन्छ । यस्तो मान्यता छ कि रातको समयमा कुचो लगाउदा माता लक्ष्मी रिसाउछिन् । जसका कारण घरमा दरिद्रता आउँछ भन्ने जनविश्वास रहिआएको छ । यसका साथै रातको समयमा घरमा कुचो लगाउनु हुन्छ भने घरमा नकारात्मक एनर्जी आउँछ भनिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *