भत्किएला त ठमेलको कंक्रिटको कुरुप स्वागतद्वार ?
दुई भीमकाय मुलुकबीच च्याप्पिएर रहेको सानो भुपरिबेष्ठित देश नेपाल जैबिक बिबिधताको खानी मानिन्छ। पत्र-पत्र र असमान उचाइको भूगोल तथा पाईलापिच्छेको फरक हावापानी जैबिक बिबिधतालाई बरदान भएको छ। प्रकृतिलाई ईश्वर मानी पूजा गर्ने हाम्रो पूर्बीय दर्शन र संस्कृतिले निःसन्देह जैबिक बिबिधताको संरक्षणलाई टेवा पु¥याएको छ।
बिश्वलाई चकित पारेको छ हाम्रो जैबिक बिबिधताको सजीब भण्डारले तर खाँचो छ भरपर्दो संरक्षणको। समग्र मातृभूमि जैविक बिबिधता कि खानी हुन्। मातृभूमिले माला लगाएकी राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, सिमसार जैबिक बिबिधताका महाखानी हुन्। तिनै महाखानीहरुको जैबिक बिबिधता संरक्षणमा केन्द्रित हुन र आजको महत्वपूर्ण बिशेष दिनलाई सम्मान गर्न यो आलेख पस्किएको छु।
नेपालको प्रतिक एक सिङ्गे गैँडा संरक्षण गर्न करिब ५० बर्ष अगाडि चितवन राष्ट्रिय निकुञ्जको स्थापना भयो। क्रमशः पूर्व र पश्चिम कोशी होस् वा कर्णाली र महाकाली अथवा उत्तरदेखि दक्षिण, सर्बत्र निकुञ्ज र आरक्ष स्थापना भए।
जैबिक बिबिधता भण्डारण र संरक्षणको लागि। गतिशील र परिवर्तनशील प्रकृतिले संरक्षणमा छलाङ्ग मार्दै गइन्। एउटा प्रजातिको गैँडा गस्तीबाट शुरु भएको संरक्षण जनसहभागितामूलक संरक्षणमा प्रबेश गर्यो। बफरजोन अवधारणा लागू भयो।
प्रजाति बिशेषको संरक्षण फुलेर फैलिएर ‘जैबिक बिबिधता’ को संरक्षणमा प्रबेश गर्दा संरक्षणको दायरा फराकिलो भएर कहाँ पुग्यो कहाँ। यही संरक्षण मोडलको अभ्यास अबधिमा पंक्तिकारलाई निकुञ्ज प्रबेशको भाग्य जुर्यो।
खोई सीमाना भनेर तार वा पर्खालको साँधबार खोज्ने र बाहिर निस्किन लिखित आदेश माग्ने संरक्षणकर्मी गैँडा र हात्ती फर्काउन टाढा गाउँ गाउँ जाने भए। गैँडा जोगाउन घाँस, पानी, घोल, ताल, नदी, हावा, बासस्थान सम्पूर्ण जोगाउनु पर्ने रहेछ भन्ने ज्ञान प्राप्त गरे।
आफू गस्ती गर्दागर्दै ‘ल्याण्डस्केप संरक्षण मोडल’ आइलाग्यो। बन्यजन्तु चलायमान छन् र ती मनलाग्दो हर्कत गर्न स्वतन्त्र छन् भन्ने कुरा सिक्न पाइयो। स्वतन्त्र बन्यजन्तुको अनुगमन गर्न र हिसाबकिताब राख्न अन्तरदेशीय संयुक्त दस्ता बन्यो। फलस्वरुप म हाम्रो बाघको रखबारी गर्न कतर्नियाघाट बराबर पुगिरहन्थे। कस्तो सुबर्ण अवसर!
त्यतिले नपुगेर आज संरक्षण मोडल बिश्वब्यापी भएको छ। बिश्व जलवायु परिवर्तनसँग जुध्न र जित्न बिश्वलाई एक ढिक्का भएर बिना बिलम्ब लाग्न प्रकृतिले जोडदार माग गरिरहेकी छिन्। नबनिर्बाचित जनप्रतिनिधिहरु र ऐतिहासिक संरक्षण खम्बा नेपाली सेनाले आफूलाई तदनुसार परिबर्तन गरेर लैजान जरुरी छ।
हामीसग खोला थुन्ने, फर्काउने तागत थियो। उडेको चरा समाउने जोस र जाँगर थियो। धरहराबाट हाम फाल्ने आज्ञाकारिता थियो। बिडम्बना, कहिले द्वन्द्वको चटारो। कहिले तालिम, बिदा-छुट्टी र शान्ति सेना। पेशागत तालिम र प्रतियोगिताको झमेला। रोटेसनको चिन्ता। तेहेरो चेन अफ कमाण्डको पीडा।
माम निकुञ्जमा काम टुँडिखेल र मन्त्री निवासमा। संरक्षणमा बिश्व रेकर्ड राख्ने र गिनिज बुकमा नाम लेखाउने आज्ञाकारी तागतलाई छरपष्ट टास्किङ्ग र ओभर स्ट्रेचिङ्ग । अहिले नया संरचनाको अर्घेल्याई र दुबिधा।
सदियौदेखि गैँडासँग जोडिएका, जुधेका र हारेका चेपाङ्ग लगायतका आदिबासी समुदाय गैँडाका वास्तबिक मालिक हुन्। तिनको शीघ्र उत्थान बिकास जरुरी छ। तीसँग समन्वय र सहकार्य अपरिहार्य छ। संरक्षणमा तिनीहरुको परम्परागत ज्ञान, सीप र अभ्यासको प्रयोग कामयावी हुन सक्दछ। त्यसको सम्बर्धन राष्ट्रिय दायित्व हो।
मुलुकको भू-अखण्डता रक्षा भन्यौँ, भुगोल खण्डीकरण र खोटो भएको छ। सुरक्षा कवचको पत्र पत्रभित्र राखेका नरेश(राजा) नै रहेनन्। जनता मुलुकभित्र अडिन सकेनन्। जनता सार्बभौम छन्, नेताहरु र तिनको सरकार छैन। न सुन र शिलाजित बगाउने पानीलाई थुन्न रोक्न सक्यौँ ।
तर अरु जे जसो भए पनि आज गैँडासँग सारा जैबिक बिबिधता सुरक्षित छ। जैबिक बिबिधता महत्वपूर्ण वाताबरणीय सेवा हो। पारिस्थितिकीय प्रणालीको जग र छाता हो। प्राकृतिक सौन्दर्यता र पर्यापर्यटनको धरोहर हो । नेपाली सेनालाई गौरवको कुरा हो।
स्वच्छ वाताबरणमा बाच्न पाउने नागरिकको हक नेपालको संबिधानमा मौलिकहकको रुपमा स्थापित भएको छ। जैबिक बिबिधताको संरक्षण भए मात्र यो हक हामी नागरिकहरुले उपभोग गर्न पाउने हो । कति पबित्र जिम्मेवारी !
मद्यवर्ती क्षेत्र जैबिक बिबिधताको अर्को महत्वपूर्ण खानी हो। टाढा टाढा दूर दराजमा रहेका सामुदायिक, धार्मिक, सरकारी बनहरु उस्तै महत्वपूर्ण खानी हुन्। तिनको स्वामित्वकर्ता र संरक्षणकर्ता हाम्रा अनन्य मित्र हुन्।
स्वामित्व र संरक्षण दायित्व कसको भन्ने बारेमा स्पष्ट कानून र नीतिको दुबिधामा रहेर पनि तिनले जैबिक बिबिधताको संरक्षण गरेकै छन्। तिनीहरुसंग ईमान्दार समन्वय र सहकार्यको जरुरी छ।
सदियौदेखि गैँडासँग जोडिएका, जुधेका र हारेका चेपाङ्ग लगायतका आदिबासी समुदाय गैँडाका वास्तबिक मालिक हुन्। तिनको शीघ्र उत्थान बिकास जरुरी छ। तीसँग समन्वय र सहकार्य अपरिहार्य छ। संरक्षणमा तिनीहरुको परम्परागत ज्ञान, सीप र अभ्यासको प्रयोग कामयावी हुन सक्दछ। त्यसको सम्बर्धन राष्ट्रिय दायित्व हो।
बिश्वले जैबिक बिबिधताका मालिक आदिबासी जनजाती र स्थानीय समुदायका प्रथाजनित अभ्यास र अधिकारको सम्मान र सदुपयोग गरेको छ। तसर्थ, नेपाली सेनाले ती समुदायको अधिकार, शान्ति सुरक्षा, खुशी र सुखको हकलाई सम्मान गर्नुपर्दछ। बिकासको लागि पहल गरिदिनुपर्दछ।
स्थानीय सरकार संचालन ऐन २०७४ ले जैबिक बिबिधता संरक्षणका लागि स्थानीय सरकारलाई असीमित अधिकार दिएको छ । बजेट र श्रोत साधन मनग्गे छ। स्थानीय सरकारले जैबिक बिबिधता संरक्षणको लागि मागेको सहयोग दिएर उनीहरु लाई सेनाले उत्साहित गर्नुपर्दछ।
यो समन्वय र सहकार्यले वातावरण सुरक्षालाई टेवा पुग्ने छ। संरचनागत दुबिधा शीघ्र हटाउनुपर्दछ। बृहद् संरक्षण टिम निर्माण र टिमवर्कमा लचकतापूर्वक योगदान गर्नु पर्दछ। प्रकृति संरक्षणको क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न र सुरक्षाको प्रत्याभूति दिन कुनै कसर बाकी राख्नुहुँदैन। संरक्षण प्राथमिकता र जबाफदेहिता तेब्बर बढाउनु पर्दछ। चोरी शिकार, बन्यजन्तु अंगको अबैध ब्यापार र तस्करी, प्राकृतिक श्रोतको उत्खनन्, दोहन् र बिनासलाई शून्यमा झार्नुपर्दछ।
पवित्रता रक्षा होला ?
चुनावी घोषणा पत्रमा जैबिक बिबिधताको संरक्षण राख्ने प्रकृति र संरक्षणप्रेमी जनप्रतिनिधिहरुलाई सलाम । ब्यबहारमा उतारेर देखाउन शुभकामना। ‘ठमेलस्थित ‘गार्डेन अफ ड्रिम’ को शोभा छोप्ने कंक्रिटको कुरुप स्वागतद्वार भत्काएर मात्र कार्यालय बहाली गर्ने छु’ भन्ने मेयर उम्मेदवारलाई सलाम।
अनि प्रकृति र मातृभूमिलाई बोझ, भ्रष्टाचारका भारी कंक्रिटका असुरक्षित भ्यू टावर र स्मृति गेटहरु उखेलेर फ्याँक्ने र त्यहाँ पिउने पानी सफा शौचालय, पोखरी सहितको ग्रीन पार्क एवं खुला क्षेत्र बनाउने प्रतिज्ञा बोक्नुहुने वाताबरणमैत्री सृजनशील जनप्रतिनिधिहरुलाई पनि सलाम। नवीन सृजना र प्रतिभाले जैबिक बिबिधताको भबिष्य उज्वल छ भन्ने प्रमाणित गर्दछ।
जैबिक बिबिधताको संरक्षण, सम्बर्धन र दिगो उपयोग गर्ने दायित्व राज्यको हो। बिकासका नाममा जैबिक बिबिधताको मनपरि उत्खनन, दोहन र बिनास हुन नदिने दायित्व पनि राज्यको हो। तीन तहका सरकारको हो। यसको लागि राज्यलाई राष्ट्रिय सेनाको हात, साथ र काँध छ । हिमाल सफाई गर्ने तागत छ। राज्य, प्रकृति, नेपाली सेना सबै भाग्यमानी हुन् र बस्नुपर्छ।
जैबिक बिबिधताको संरक्षणबाट प्राकृतिक उद्योग, ब्यवशाय, कृषि, पर्यापर्यटन मार्फत दूरदराजका जनताहरुलाई रोजगारी दिने, आयआर्जन बढाउने, सुलभ शिक्षा र स्वास्थ्यको पँहुच दिने अभिप्राय हुनुपर्दछ। हरित अर्थतन्त्र, प्रकृतिमैत्री पूर्बाधार र हरित समृद्धिले जनताको जीवनस्तर उकासिनु पर्दछ।
समृद्धिको ढोका खोलिनुपर्दछ। तबमात्र प्राकृतिक प्रकोप नआउने दरो राम्रो नेपालको रक्षा कल्याण सम्मान भई रहने छ अनन्तकालसम्म। आज अन्तर्राष्ट्रिय जैबिक बिबिधता दिवस । लोप भईसकेको जैबिक बिबिधताको श्रोत, बिउ-बिजन, प्रजातिलाई स्मरण र सम्मान गर्दै पश्चाताप एबं दुखः मान्ने दिन। भएको जैबिक बिबिधतालाई माया, रक्षा, सम्मान र कल्याण गर्ने छौँ भनेर संकल्प गर्ने दिन । दुर्लभ र लोपोन्मुख प्रजातिलाई मासिन नासिन दिने छैनौँ भनेर प्रतिज्ञा गरौ ।
Facebook Comment