२६ वर्ष कान्छी युवती सँग दोश्रो विवाह गरेकोमा नायक मिलिन्दले खोले आफ्नो पोल

डिसी नेपाल
५ पुष २०७५ १०:३७

एजेन्सी । २६ वर्ष कान्छी प्रेमिका संग बैबाहीक समन्धमा बाधिएका मिलिंद सोमन ले आफ्नो बिबाहको बारेमा मुख खोलेका छन् । गत अप्रिल २२ मा बिबाह समन्धमा बाँधिएका बलिउड नायक मिलिन्द सोमनले अंकिता कोंवरसँग विवाह गरेका थिए । उमेरको बिषयमा दुबैको विवाहलाई लिएर निकै चर्चा परिचर्चा समेत रह्यो । यसको एक विशेष कारण दुलहा र दुलहीबीचको उमेर अन्तर । मिलिन्द ५३ वर्षको हुन् भने अंकित २७ वर्षकी ।

२६ वर्ष कान्छी श्रीमतीसँग विवाह गरेकोमा मिलिन्दलाई ट्रोल पनि गरियो । प्रेमिकासँग ड्रिम वेडिङपछि मिलिन्द सोमनले पहिलो पटक उमेर भिन्नताबारे बोलेका छन् । हालै, द विकसँगको कुराकानीमा मिलिन्दले भने, ‘म उमेरको भिन्नतालाई महत्व दिन्नँ । दुई मानिस सधैं भिन्न हुन्छन् चाहे त्यो उमेरको सन्दर्भमा होस्, पृष्ठभूमिका कारण, अनुभव वा संस्कृतिका कारण । त्यसकारण यस्ता भिन्नता सधैं हुन्छन् जसलाई बुझ्न र स्विकार गर्नु आवश्यक छ ।’

मिलिन्द सोमनले भने, ‘एउटा सम्बन्धलाई बलियो, सकारात्मक र स्वस्थ राख्नका लागि पुराना बानी छोड्नुपर्छ । सबैभन्दा महत्वपूर्ण त तपाईं आफ्नो पार्टनरलाई सहज महसुस गराउनुहोस् र उनलाई ती सबै कुरा पाउन मद्दत गर्नुहोस् जुन उनी चाहन्छिन् ।’ अंकितासँगको मिलिन्दको यो दोस्रो विवाह हो । उनले सन् २००६ मा नायिका मिलिन जेम्पेनोईसँग विवाह गरेकी थिइन् तर दुबै तीन वर्षपछि अलग्गिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *