के कमेडीबाट अघाएका हुन् त रविन्द्र ?
रविन्द्र झा गएको दुई वर्ष अगाडि फिल्म जात्राु सुपरहिट भएपछि यसमा अभिनय गर्ने हरेक एक कलाकारको चर्चा खुबै भयो । यस मध्येका एक कलाकार रविन्द्र झा पनि हुन् ।
यो फिल्म उनको डेब्यु थियो, जसमा उनले नाईँको भूमिका निभाएका थिए । उनको अभिनयलाई दर्शकले सर्वाधिक रुचाए । त्यसअघि उनी रेडियो नाटक र मैथिली नाटकमा सक्रिय थिए । उनले गएको दुई वर्षमा लगभग दुई दर्जनको आसपासमा फिल्म गरिसकेका छन् । अहिले उनी विनाका फिल्म निकै कम भेटिन्छन् ।
हाल जात्रै जात्राु र ए मेरो हजुर ३ु मा व्यस्त उनले डेब्यु फिल्मपछि गुणस्तरमा नभइ संख्यात्मक अभिनयमा जोड दिएको देखिन्छ । अभिनय प्रकृति पनि हरेक फिल्ममा एकैखाले देखिएको छ । उनको अभिनय शैलीबाट अब दर्शक मोनोटोनसु हुन थालेका छन् । उनलाई प्रत्येक फिल्ममा निर्देशकले दर्शक हँसाउने जिम्मेवारी मात्र सुम्पिएका छन् । डेब्यु फिल्ममा जुन भूमिकामा दर्शकले रुचाए अहिले त्यही अनुसारकै चारित्रिक भूमिका उनलाई मिलिरहेको छ ।
तत्काल निर्माता/निर्देशक उनलाई फरक भूमिका दिएर जोखिम मोल्न चाहेको देखिँदैन । तर, रविन्द्र भने अब कमेडीबाट अघाएका देखिन्छन् । बुधबार फिल्म न यता न उता को ट्रेलर रिलिज कार्यक्रममा उनले आफूलाई गर्न मन लागेको भूमिकाको बारेमा बोले । उनी उक्त फिल्ममा निभाएको भूमिकाबाट सन्तुष्टि रहेको बताउँछन् । ट्रेलरमा उनलाई जेल जीवन विताइरहेको कैदीको रुपमा चित्रण गरिएको छ ।
उनी आफूलाई इन्टरनेशनल डन भनिरहेका छन् । उनी भन्छन्, यस फिल्ममा नयाँ किसिमको अभिनय गर्ने मौका पाएको छु । पहिला गर्न सक्छु कि सक्दिनँ भन्ने स्थिति भइरहेको थियो तर गर्ने कोशिश गरेको छु । म यो फिल्मको अभिनयबाट अघाएको छैन । मलाई अझै यो टाइपको फिल्म गर्ने रहर छ । उनले आफूलाई फरक भूमिकामा अभिनय गर्न अवसर दिन पनि निर्माता निर्देशकलाई आग्रह गरे ।
निर्देशकरनिर्माताले आफूलाई जात्राु मा गरेको अभिनयको आँखाले हेर्ने गरेको उनको बुझाई छ । उनी भन्छन्, मलाई जात्राु हेरेको आँखाले मात्र नहेरिदिनुस् । फरक/फरक अभिनय गर्ने मौका दिनुहोस् म अवश्य गर्छु । मलाई कमेडीमा मात्र सीमित नराखिदिनुस् । नाटकमा भने आफूले कमेडी, ट्रयाजिटी, भिलेन सबै प्रकारको रोल गर्ने गरेको बताउँछन् रविन्द्र ।
हुनत, सबै कलाकारलाई फरक भूमिका निभाउने इच्छा हुन्छ । तर, दर्शकले जुन प्रकारको अभिनयमा रुचाउँदै आएका छन् फिल्ममेकर्सले पनि त्यही अनुसारकै रोल अफर गर्ने गर्दछन् । जसले कलाकार एकैखाले अभिनयमा बाँधिन बाध्य हुन्छन् । रविन्द्रको हकमा अहिले यस्तै भइरहेको छ । नचाहँदा/नचाहँदै पनि उनी एकै प्रकारको अभिनय गर्न विवश छन् ।
Facebook Comment