ब्रेकअप पछि नेहाले रुदै भनिन् – मैले तिमीलाई आफ्नो सबै कुरा दिएँ, तर तिमीले…

डिसी नेपाल
५ पुष २०७५ ११:३४

एजेन्सी । चर्चित गायिका नेहा कक्कडको ब्वाइफ्रेण्ड हिमांश कोहलीसँग ब्रेकअप भएका छ ।  ब्रेकअपपछि केही दिनसम्म नेहा निकै रोएकी थिइन् । त्यतिमात्रै होइन उनले सामाजिक संजालमा आफ्नो ब्रेकअपको कहानी पनि सुनाइन् ।  अहिले उनी आफ्नो दुख बिर्सिएर अगाडि बढ्दै छिन् । उनले ट्विट गर्दै लेखेकी छन् – महिलाहरु त्यतिबेला मात्रै राम्रो उन्नति गर्न सक्छन् जब उनीहरुलाई प्रेम र सही ढंगले मार्ग निर्देश गरिन्छ।’

२०१८ जुनमा नेहा र हिमांशबीच झगडा भएको थियो । त्यसपछि नेहाले लामो म्यासेज सामाजिक संजालमा पोष्ट गरेकी थिइन्। उनले लेखेकी थिइन्–मैले तिमीलाई आफ्नो सबै कुरा दिएँ। माया, केयर, समय खुशी, सम्मान, स्किल, नलेज सबै तिमीलाई दिएँ, त्यतिमात्रै होइन मैले मेहनतले कमाएको फेस पनि तिमीलाई दिएँ।  तर तिमीले त्यसको बदलामा सबै कुरा एक सेकेण्डमा भुलाइ दियौ ।  तिम्रो यस्तो व्यवहारले म निकै दुखी छु । म कयौं पटक त्यस्तो ठाउँमा रोएँ जहाँ म रुनु हुँदैन थियो। अब म तिमीलाई त्यसको जवाफ दिइरहेकी छु, फाइनली गुड बाई गड ब्लेस यू ।’
नेहाको यो पोस्टपछि हिमांशले नेहासँग खिचेको रोमान्टिक फोटो शेयर गर्दै माफी मागेका थिए । हिमांशले लेखेका थिए–मलाइ माफ गर, मैले तिमीसँग नराम्रो व्यवहार गरेँ । तर हाम्रो सम्बन्ध यति कमजोर पनि छैन की स–साना गल्तीले खराब होस्।’

 

 

उनीहरुबीचको ब्रेकअपपछि केही संचारमाध्यमले नेहासँग कुरा गर्ने कोशिश गरेका थिए। तर उनले अस्वीकार गरिन्। उनले आफूले हिमांशलाई नचिन्नेसमेत बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *