तौल घटाउनु छ ? पिउनुहोस् यस्तो कफी, जस्ले पगाल्छ पेटको बोसो !
काठमाडौं । मोटोपना बढेको छ ? यदि त्यसो हो भने पक्कै पनि तौल घटाउन चाहनुहुन्छ होला । यसका लागि विभिन्न किसिमको व्यायाम र स्वस्थ आहार लिने सल्लाह दिइन्छ तर पनि नतिजा सोचे अनुरुप हुँदैन। यस्तो अवस्थामा ती व्यक्तिले लेमन कफी प्रयोग गर्न सक्नुहुनेछ । जसबाट चकित पार्ने नतिजा आउनेछ ।
तौल घटाउन लेमन कफी पिउनुहोस्– लेमन कफी तौल घटाउने पेयको रूपमा प्रयोग गरिन्छ। यसमा, कफीमा कागतीको रस मिसाइन्छ र यसो गर्नाले तौल घटाउन धेरै मद्दत गर्छ, त्यसैले तपाईले पनि यो रेसिपी एकपटक अवश्य अपनाउनुहोस् । यो कफी बनाउन एकदमै सजिलो पनि छ ।
कागती र कफीको लाभ:
कागती र कफी दुबैमा प्रशस्त मात्रामा पोषक तत्व पाइन्छ। त्यसैले यसले स्वास्थ्यलाई धेरै किसिमले फाइदा गर्छ । कागती र कफीमा तौल घटाउने गुण पाइन्छ । हामी कफीबाट क्याफिन पाउँछौं जसले पाचन प्रक्रियालाई सुधार गर्न मद्दत गर्दछ र दिमागलाई ताजा बनाउँछ। अर्कोतर्फ कागतीको कुरा गर्ने हो भने यसको रस एकपटक पिएमा लामो समयसम्म भोक लाग्दैन र यसका कारण दैनिक क्यालोरीको मात्रा कम हुन्छ । यसका साथै कागतीमा पाइने एन्टिअक्सिडेन्ट र भिटामिन सीका कारण यसले फ्री रेडिकलले हुने क्षतिबाट जोगाउँछ ।
लेमन कफीमा चिनी हाल्नु हुँदैन। लेमन कफीबाट थप फाइदाहरू प्राप्त गर्न, तपाईंले ब्ल्याक कफी प्रयोग गर्नुपर्छ र यसमा चिनी र दूध मिसाउनु हुँदैन। यसको सट्टा आधा कागतीको रस निचोरेर हरेक बिहान नियमित रूपमा पिउनुहोस्, यसो गर्नाले तपाईको तौल केही दिनमै कम हुन्छ ।
Facebook Comment