बुद्ध लामा : ‘यसपालीको नेपाल आइडलले समयमै पुरस्कार पाओस्’
एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल–२ को आज शुक्रबार फाइनल हुँदैछ । काठमाडौंको पुल्चोक इन्जिनियरिङ कलेजमा हुने सो ‘ग्राण्ड फिनाले’ यसपाली चारै प्रतियोगी प्रतिस्पर्धामा छन् ।
काठमाडौंको नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको कलेज ग्राउण्डमा साँझ ६ बजेबाट सुरू हुने बताइएको छ । यसपटक उपाधिको दौडमा झापाबाट २ प्रतियोगी प्रतिस्पर्धामा छन् । जसमा झापाबाट सुमित पाठक र अस्मिता अधिकारी रहेका छन् ।
सुमित गोल्डेन माइक विजेतासमेत हुन् । यस्तै अर्का गोल्डेन माइक विजेता पनि उपाधिका लागि प्रतिस्पर्धामा छन् । जो हुन् पोखराका विक्रम बराल । यस्तै धनगढीका रवि ओड पनि उपाधिका लागि प्रतिस्पर्धामा छन् ।
यता पहिलो नेपाल आइडल बुद्ध लामा पनि यस सिजनको विजेता हेर्न आतुर रहेकाे बताउँछन् । उनी यस सिजनमा चारै जना प्रतिस्पर्धी एकदम राम्रा रहेकाले जो पनि नेपाल आइडल बन्न सक्ने बताउँछन् ।
चारै प्रतिस्पर्धीरुले एकदमै राम्रो गाउने बताउँदै उनले पुरस्कारका लागि आयोजकले ध्यान दिओस् भन्ने बताउँछन् । बुद्धले आफूले पुरस्कार समयमै नपाएको गुनासो गर्दै यसपालीको विजेताले समयमै पुरस्कार पाओस् भन्ने चाहन्छन् ।
उनी विजेता भएपछि २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी दिने घोषणा गरिएको थियो । तर, बुद्धले पुरस्कारको कार समयमै पाएनन् । उनी आफूले पुरस्कारका लागि धेरै मिहिनेत गर्नु परेको र विवादमा समेत तानिएको बताउँछन् ।
यो वर्षको विजेताले उपहार समयमै पाउन् भन्ने उनको भनाई छ । आयोजकले यसप्रति ध्यान र्पुयाउनुपर्ने उनी बताउँछन् । उनले भनेका छन्, ‘मेरो हकमा आयोजकले बुझेर उपहारको काम गरिदिएनन् । तर, यसपाली विजेताले पाउनुपर्ने पुरस्कार समयमा नै पाएको देख्न चाहन्छु ।’
‘नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् ।
‘मन जित्छ उसले राम्रो गाउँछ जसले’ नाराका साथ सुरु भएको नेपाल आइडल–२ गत साउन २४ देखि सुरु भएको हो ।
Facebook Comment