कलेजो खराब भएमा देखिन्छ यस्तो लक्षण

डिसी नेपाल
२२ जेठ २०७९ १०:२१

काठमाडौं । व्यस्त जिवनशैली र खानपानका कारण आजकाल कलेजोको रोग आम मानिसमा सामान्य जस्तै बनिरहेको छ ।  सबै उमेर समूहका मानिसमा कलेजोसम्बन्धी समस्या देखिने गरेको छ । कलेजोमा हुने रोगका कारण कलेजो र यसको वरपरका अंगलाई समेत असर गर्ने गर्दछ ।

मानव शरीरको सबैभन्दा ठूलो अगंका रुपमा कलेजोलाई चिनिन्छ । पाचन प्रणलीमा कलेजोको ठूलो भूमिका हुनेगर्दछ । कलेजोले कार्य गर्न छाडेमा सम्पूर्ण शरीर नै बन्द हुन्छ अनि कलेजोको संक्रमण या कार्य कमजोरी बेलामा थाहा हुन नसकेमा हाम्रो स्वास्थलाई गम्भीर हानी पुगिरहेको हुन्छ ।

धेरैजसो अवस्थामा मदिराको कारणले कलेजोको समस्या सुरु हुन्छ। तर यसबाहेक फ्याटी लिभर डिजिजका धेरै कारणहरू छन्। गैर–अल्कोहलयुक्त फ्याटी लिभर रोग, अल्कोहल–सम्बन्धित कलेजो रोग, हेपाटाइटिस, हेमोक्रोमेटोसिस, र प्राथमिक पित्त सिरोसिससहित कलेजो रोगका विभिन्न प्रकारहरू छन्। यी सबै रोगहरूले कलेजोलाई असर गर्ने गर्दछ । त्यसैले कलेजोको विशेष ख्याल राख्नु आवश्यक छ। यदि कसैलाई पेटमा यी यस्ता लक्षणहरू देखिएमा तुरुन्तै डाक्टरसँग परामर्श लिनुपर्छ । किनभने यो कलेजोमा रोगको संक्रमण भएको संकेत हुन सक्छ।

–यदि सधैं झाडापखला लागिरहेमा पनि तपाईको लिभर कम्जोरी भएको संकेत हुन सक्छ । हुन त डिप्रशेन, शुरुवाती गर्भावस्ता, माइग्रेन, फुड प्वाइजनिगं लगायतमा पनि यस्तो समस्या हुन्छ तर यी कारणहरु बोहेक पनि सदैव झाडापखाला या दिशामा लगातार रगत देखिएमा कलेजो सम्बन्धी जाँच गराउनु उपयूक्त हुन्छ ।

–लगातार कमजोर महसुस गर्नुहुन्छ भने पनि कलेजोमा केही समस्या भएको संकेत हो । कमजोरीको महसुस कलेजोकै कारणले मात्र हुन्छ भन्ने त छैन तथापी बिना कुनै बिशेष कारण सधैं कमजोर महसुस गर्नु कतै कलेजोको समस्या त हैन भनि चनाखो हुन जरुरी हुन्छ । कलेजोले पर्याप्त रुपमा कार्य गर्न नसक्दा यसले उत्पादन गर्ने केमीकलहरुको असन्तुलनमा शरीरमा प्रोटीनहरु कम हुन जानेगर्दछ र त्यसले गर्दा कमजोरी हुने गर्दछ ।

–यदि तपाईलाई खानामा अरुची हुन्छ भने पनि कलेजोमा हुने संक्रमणका कारण हुने गर्दछ । कलेजोमा खराबी भएमा शरीरमा प्रसस्त बायल उत्पादन हुँदैन । जसले गर्दा खानामा अरुची हुन्छ । यसले गर्दा खाएको खाना पनि पर्याप्त रुपमा पच्न पाँउदैन अनि शरीरको तौलमा एक्कासी घट्न थाल्छ ।

–कलेजोमा संक्रमण भए पिसाबको रंग परिवर्तन हुने गर्दछ । स्वस्थ खाना अनि पर्याप्त पानी पिउने मान्छेहरुको पिसाब सामान्य रंगको हुन पर्दछ । यदि तपाईको कलेजोमा संक्रमण भएमा पिसाबको रंग सुन्तला या खैरो रंगको हुन सक्दछ ।

–शौचको रंगमा बदलाव आएमा जस्तै कि कालो, सेतो, हरियो लगायतका रंगको देखिएमा एकफेर चिकित्सकलाई घेट्न पर्ने बताइन्छ । कतै कलेजोले पर्याप्त बायल उत्पादन गर्न नसकेर शौचको रंग परिवर्तन् हुन सक्दछ ।

–जण्डिस देखिएमा पनि कलेजोमा संक्रमण हुन्छ । प्राटीन अनि अक्सीजनलाई बितरण गर्न रातो रक्तकोशीकाको महत्वपूर्ण भूमिका हुन्छ, कलेजोमा समस्या आएपछि रातो रक्तकोशिका टुक्रिन अनि क्षय हुन थाल्दछन् । जसले गर्दा शरीर पहेंलो हुने र जण्डिस देखिने हुनसक्दछ ।

– महिलाहरुको महिनावारी बाहेकका अन्य सम्पूर्ण पेटसम्बन्धी पीडाहरुलाई सामान्य रुपमा लिनुहुँदैन । पेटमा कुनै पीडा भएमा कलेजोको समस्याले पनि भएको हुन सक्दछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *